नेकपा-माओवादीको गाउँ अधिवेशन मंसिर ४ गते

आउँदो मंसिर ४ गते सोमवार नेकपा माओवादीको गाउँ अधिवेशन सम्पन्न हुने भएको छ । एनेकपा माओवादीबाट नीतिगत एवम् वैचारिक मतभिन्नता राखेर छुट्टिएको नेकपा माओवादीले पुष २५ महिनामा आफ्नो केन्द्रिय महाधिवेशन गर्दैछ । यहि क्रममा स्थानीयस्तर अधिवेशन गर्ने कार्य अन्तर्गत कपनमा पनि प्रथम अधिवेशन हुन लागेको हो ।

१३ सदस्यीय नयाँ समिति निर्माणको लागि तयारी भैरहेको कपन सेक्रेटरी अशोकराज पाण्डेले कपन अनलाइनलाई बताए । पार्टीका कमिटिहरुलाई वैधानिकता दिनका लागि पनि विशेष महत्व दिइएको यो अधिवेशनको तयारीका लागि विभिन्न गतिविधिमा पार्टी पङ्ति लागिपरिरहेको पनि पाण्डले बताए ।

तपाइँको प्रतिक्रिया ।