एउटा सामाजिक विद्रोह -२

एउटा सामाजिक  विद्रोह -२

कपन अनलाइन

काठमाण्डौ ,पुस २७/ऋषिकेश भट्टराई

अब तलाई समाजबाट अर्थात बाहुनवाट काढ्छन् ।  इज्जत गयो अब तेरो । आमाले एकैसासमा सक्नु भो । भरखर ब्रतबन्ध गरेको छोराको इज्जत जानु भनेको गाउँमा अब के हुन्छ ? बाबुको नाक काटिस होइन ! बाबुको श्राद्ध गर्ने छोरोले इज्जत गएको थाहा भएन ? मलाई आमाले गाली गर्नु भो । अब मलाई वित्यास पर्यो । अब गल्ती भै सकेको थियो मबाट । हुनत मैले गाऊमा हलो जोतेकै थिए । गाउमा मेरा दाजु वा भतिजले हलो जोतेकै थिए ।हुनत मैले त्यो भन्दा नि विद्रोही काम गरेकै थिए । अहिले त्यो कुरा नखोलौ । तै पनि क्षेत्रीको लाईनमा बसेर भात खानु अलि धेरै विद्रोह थियो त्यो आमाको नजरमा। तर आमासंग त्यो कुरामा विवाद गर्न उचित  संझीन ।
आमालाई सोधे – कसले भन्यो – मैले क्षेत्रीको लाईनमा बसेर भात खाको कुरा ? लु भन्नु त ? मलाई त्यसको जरो जान्नु पऱ्यो ! आमाले त्यो भन्ने व्यक्तिको नाम भन्न मान्नु भएन ।
तर म आमाकै मुखबाट सुन्न चाहान्थे । अब मैले वाठो चाल रचे । लु आमा ! भन्ने भए भन्नु त्यो को हो ? नत्र म अब त्यतिकै चुप वस्दिन । त्यसले गलत कुरा सुनायो आमालाई । म त्यसलाई च्वा …… आमाको अनुहार हेर्न लायक थियो । मेरो रिस मुर्ख टाइपको थियो भन्ने कुरा आमालाई भलिभाती थाहा थियो ! मेरो मुखबाट ‘खुकुरी उद्याएर ल्याउछु र त्यसलाई म …… ‘भन्दै कस्सिए । रिस नउठे पनि उठे झै गर्नु थियो । पहिलो कुरा म आमालाई त्यो सत्य बताउन सक्दिन थे ‘ दोस्रो म त्यो व्यक्तिलाई पनि केही दोष दिने पक्षमा थिइन ।
तर सामाजिक संस्कारको प्रतिकात्मक रीस सान्त बनाउनु थियो आमाको । निकै जोड बल पछि आमाले त्यो व्यक्तिको नाम भन्नु भो ! वहाँ मेरो केही टाढाकै पुस्ताको भएनि दाजु नै हुनुहुदो रहेछ । मैले अझै वल गरे ! म अब न…… छोड्दिन । मलाई व्यत्तिकै दोष लाउने ? म अलि बढी नै बम्किए तर आमासंग मात्र ।
मेरा कुराले आमालाई अलि बढी टर्चर भएछ । वहाँ गल्नु भो । विस्तारै भन्नु भो – अब छोड्दे । जे हुनु भैगो ! किन झगडा गर्नु । पर्सि तिर बाहुन /पुरेत बोलाएर गोदान गर्नु। जनै फेर्नु ।
मैले आमालाई हेरिरहेको थिए । मैले आमालाई नजिकबाट बुझि रहेको थिए । आमा अत्यन्त दयालु र छिट्टै कन्भिन्स हुने र छिट्टै रीस त्याग गर्न सक्ने हुनुहुन्थ्यो । त्यो सब नाटक मैले सामाजिक विद्रोहको एउटा नमूना मात्र पेश गरे आमाको अगाडि । यस्ता विद्रोही काम अरु पनि गरेको थिए तर ति पछि लेखौला ।
 औछल्याई र अर्घेल्याई अनि जिद्धि वानी मेरो अलि बढी भएको हो कि ? समाजमा मैले सुधारिनु पर्ने हो कि ? पञ्चायती व्यवस्थाको त्यो अन्तिम अन्तिम अवस्थामा पनि हलो जोत्नु ‘ धोति नफुकाली भात खानु ‘ निकै चुनौतिपूर्ण कार्य थिए मेरो ब्राम्हण समाजमा। अहिले त मेरी आमा यो लोकमा हुनुहुन्न । आमाको आत्मा पक्कै रोएको थियो त्योबेला । मेरो संस्कारले मेरो घमन्डले  मैले आमालाई अलि
वढी चोट दिए कि ! दिवंगत आमाले मेरो वालमस्तिष्कलाई पक्कै क्षम्य गर्नुभयो होला । माफ गर्नुस आमा – मैले अन्जानमै भएपनि सामाजिक विद्रोह सुरु गरेकै हो –   क्षेत्रीको हारमा त्यो जन्तीवाख्रो खाएर !
तपाइँको प्रतिक्रिया ।