चोका – जापानीज शैलिको : शान्तिनारायण श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन १७।
काठमाडौँ, साउन १७।
१. अहा ! हेरत
ऋाकाशमाचन्द्रमा
हाँसि रहेछ
चकोरले पीरति
गाँसि रहेछ
टह–टह चाँदनी
रात ढल्दैछ
सिरिसिरि बतास
पनिचन्दैछ
हाँसौं खेलौं रमाऔं
चिन्तापिर भगाऔं ।
२. हली बिचरा !
खेतबारी जोतनु
कर्म सम्झन्छ
साहुलाई पोसनु
धर्म सम्झन्छ
छोराछोरी बिरामी
स्वास्नी मेलामा
पाउँदैनआधापेट
खानबेलामा
कठै ! बरी भन्दिने
कोही छैन धन्दिने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
