गजल : शिबहरी खतिवडा

गजल :  शिबहरी खतिवडा

कपन अनलाइन
काठमाडौँ, साउन १७।
जीवनदाज्नै नमिल्ने खै कुन जस्तो भयो ।
असरल्ल छरिएको बिस्कुन जस्तो भयो ।।

मेरो भागको अवसर यसरी हरायो कि ।
अन्नभित्रलुकिबस्ने घुन जस्तो भयो ।।

निचोरेर निकाल्दा नि केहीकामनआउने ।
जुकाथिची छ्दाएको खुन जस्तो भयो ।।

मिले जस्तो लाग्छ कैले नमिले झैँ लाग्छ ।
नजान्न्नेले बजाइदिएको धुन जस्तो भयो ।।

किन्नपनिऔकातछैन रहर लाग्छ भरमार ।
गरिबको पौचबाहिरको सुन जस्तो भयो ।।

उसकै उज्यालोमा यात्राथाल्नु थियो मेरो ।
साझनपर्दै अस्ताएको जुन जस्तो भयो ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।