स्रष्टाका चार मुक्तक : दाहाल कल्पना (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन १७।
गुम्बा गए नि एकछिन हिँडे नि विहार भन्छ
ढुङ्ग्राको दुवै पट्टी खोल्छ र विज्ञान भन्छ
सृष्टि भन्छ रहस्य रहस्य नै रहोस् सृष्टिको,
मानिस यसैलाई विनाश गरेर विकास भन्छ ।
एक टीको सिन्दुर आफ्नो अधिकार ठान्छौ
त्यही अधिकारले फेरि कति जनालाई मान्छौ
अरूलाई धोका दिएँ भन्दै गजक्क नफुल,
अन्तमा धोका तिमी आफूबाट आफैँ खान्छौ ।
न त कहिल्यै नजिक आउछौ न त नजर लाउँछौ
पराइले सुन्लान् भन्दै साङ्केतिक धुन गाउँछौँ
मस्की मस्की लेपास्सिनु मात्रै हुन्छ चोखो माया ?
तिम्रो मुटु मेरो धड्कन चल्यो खबर पठाउँछौ ।
गुरु सिकाउँछन् आफू त्यसैमा फसिरहेका हुन्छन्
बानीसँग लत्रिन्छन् नियम कसिरहेका हुन्छन्
भनेझैँ कहाँ छ गर्न सजिलो दास बनेपछि बानीको,
देखाउँछन् बाटो तर आफैँलाई डसिरहेका हुन्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
