शुभकामना : समीर अधिकारी
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
शरीर तिम्रो एक छ तापनि रूपहरू चाँहि अनेक छन्
प्रेम, सेवा, वात्सल्य अनि कर्तव्य भाव विभिन्न झन्
हर रूप तिम्रा सार्थक अनि हर भाव वाहा ! वाहा ! बनोस्
प्रशंसा गर्दै सारा संसारले तिमीलाई आदर्श नारीको रुपमा गनोस् ।
शिष्टता नम्रता सहनशीलता सबै तिम्रा रूपका श्रृंगार हुन्
प्रेम विश्वास समझदारी सफल सम्बन्धका अलङ्कार जुन्
सुखी जीवनको सूत्र सन्तोषी हुनु हो मनमा यो हेक्का रहोस्
सोचि सम्झी उठाउनु हर कदम ताकि पश्चाताप कवै नहोस् ।
विगतबाट सिकेर वर्तमानलाई उपभोग गर्दै भविष्यको योजना बन्दै जाउन्
अनुभव लगनशीलता र दुर्दृष्टिताले हर योजनाले सफलता पाउन् ।
दृढ ईच्छाशक्तिले बाधाहरू पन्छ्याई प्रगतिले शिखर चुमोस्
सकारात्मक सोचाइले सदा रमाई खुशीले जीवन झुमोस्
निरोगी तिमी सदा रही गर्नसकौ हर मुस्किलको डटेर सामना ।
जन्मदिनको अवसरमा प्रिया तिमीलाई यिनै छन् मेरा शुभकामना ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
