एसइइको औसत जीपीएमा बुढानिलकण्ठका उत्कृस्ट ६ विद्यालय,दिक्षालय नेपाल प्रथम

एसइइको औसत जीपीएमा बुढानिलकण्ठका उत्कृस्ट ६ विद्यालय,दिक्षालय नेपाल प्रथम

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको काठमाडौं जिल्लाको SEE परिक्षाको बिष्लेषित नतिजाको आधारमा बुढानिलकण्ठ नगरपालिकामा वडा नं ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन उत्कृस्ट बनेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी औसत जिपिएका आधारमा दोश्रो स्थानमा रहेको छ भने नेसनल ब्लुमिंग फ्लावर एकेडेमी तृतीय स्थानमा रहेको छ।

एस इ इ परिक्षामा प्राप्त गरेको औसत जिपिएका आधारमा वडा नं १० मा रहेको फेरील्याण्ड इन्टरनेसनल एकेडेमी चौथो स्थानमा रहेको छ भने वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालय पनि समान औसत जिपिए सहित चौथो स्थानमा रहेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको बुढानिलकण्ठ स्कुल पाचौ र वडा नं १० मा रहेको जोसेफ मावि छैटौ स्थानमा रहेको छ।

कुन विद्यालयको कति औसत जिपिए ?     

१. दिक्षालय नेपाल फाउन्डेसन : ३.८३

२. रिलायन्स इन्टरनेसनल एकेडेमी : ३.७६

३.नेसनल ब्लुमिंग फ्लावर एकेडेमी :३.७२

४.फेरील्याण्ड इन्टरनेसनल  एकेडेमी : ३.७१

५. काठमाण्डौ विद्यालय : ३.७१

६.बुढानिलकण्ठ स्कुल : ३.६९

७.जोसेफ मावि :३.६८

तपाइँको प्रतिक्रिया ।