बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनका लागि ८० लाख

बुढानिलकण्ठ नगरपालिकाको  पर्यटन प्रवर्धनका लागि ८० लाख

कपन अनलाइन

काठमाण्डौ,असार २१।

बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनका लागि ८० लाख बजेट प्रस्ताव गरिएको छ। आर्थिक वर्ष २०८१ /८२ को बजेटमा नगरपालिकाले यस आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने भन्दै सो रकम प्रस्ताव गरेको हो।

नगरपालिकामा इको टुरिजम,साहसिक पर्यटन , होम स्टे संचालन,पर्यटन प्रवर्धन सम्बन्धि सुचनामुलक सामाग्री प्रकासन आदि विषयहरुमा सो रकम परिचालन हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै भिडियो प्रतियोगिता, लोकेसन म्याप,सुचना केन्द्र स्थापना आदिका कामलाई पनि यस आर्थिक वर्षमा प्राथमिकताका साथ अगाडी बढाउने नगरपालिकाले प्रस्तुत गरेको बजेट र नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।