बरफको ताला : संतोष सुयकर (उज्जैन,भारत)
कपन अनलाइन
काठमाडौं,माघ २६।
काठमाडौं,माघ २६।
उज्जैन सडकमा हरेक दिन विहान उनी घुमिरहेको देखिन्थ्यो फाटेको लुगामा एउटा कालो सुनिएको सुनिएको जस्तो फुटेको गाला, ठुलो–ठुलो आँखा भएको बच्चालाई लिएर भिख मागी रहेको बच्चा सधैँ आधा नाङ्गो (अर्धनग्न) नै देखिन्थ्यो, कहिले माथिल्लो लुगा त कहिले तल्लो लुगाहुँदैन थियो ।
एक दिन निर्णय लिएँकित्यो वच्चाको लागिदुई जोर कपडा किनेर त्यो भिखारी केटीलाई दिएर आएँ, उसले खुसीभएर दुई हात जोड्दै धेरै आशिषदिइन ।
तर यो के ?अर्को दिनदेखि फेरी उहि दृश्य ?बच्चा उही अधुरो फाटेको फोहोरी लुगामा?
यो थाहा पाएर तीन चार दिनपर्खी सकेपछि एक दिन म धेरै रिसाउँदै उनी कहाँ गएँ र भने “यो के हो ? मैले वच्चालाई नयाँ लुगादिएको थिएँ, तिमीले किन लगाई दिएका छैनौ ? के यो सानो भयो, या ठुलो ?होइन बाबुजी ठिक छ, त्यसो भए किन? म अझै रिसाएँ, तिमीहरुलाई केही दिनु हुँदैन थियो, कतै बेचेको त छैनौ ? हैन वावु जी छैन उसले हतार हतार टाउको हलाउँदै भनी बेच्न राखेको हैन, राखेको छु । अहिले लगाई दिन्छु ।
अहिले नलगाए कैले ? यस्तो चिसोमा यो बच्चालाई पुरा कपडा त लगाई देउ अझै पनि आक्रोषित भए ।
‘साहेव’ उसको निर्दोष अनुहारले भनिरहेको थियो । हाम्रो लागि चिसो भन्दा भोक ठुलो हुन्छ । मैले उसलाई नयाँ लुगा लगाई दिए भने भिक्षा दिन्छन् र मलाई ? उसको भनाईले मेरो उम्लिएको रिसमा बरफकोे ताला लगाए जस्तो भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।