धर्म : हरिभक्त सिग्देल ‘महेश’ (लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ २६।
काठमाडौं,माघ २६।
पृथ्वीका गर्तमा बूढानीलकण्ठ लुकेका थिए । म भने प्रकट भएर स्वछन्द विचरण गर्दै थिएँ । पश्चिममा विष्णुपादुकाबाट विष्णुमती अविरल बगेझैँ, म पनि रुद्रमतीका नामले निरन्तर बगेर आफ्नो धर्म निर्वाह गरिरहेको थिएँ । पछि पेशाकर्मी धोबीहरूले म माथि धावा बोलिरहे । मेरा अङ्गप्रत्यङ्ग र किनार समेतमा कपडाहरू धुने, सुकाउने कामहुन्थ्यो । मेरो नामै परिवर्तन भयो । म धोवीखोला बनेँ ।
बटुवाहरू मेरो किनाराबाट यात्रा तय गर्दैथिए । मेरो विभत्स रूप देखेर एउटाले भन्दै थियो, ‘अरे, यो खोलाले त बाटो फेरेछ ।’
उसको सहयात्रीले थप्यो, ‘फैलिएर बग्ने स्वतन्त्रता पनि खोसिएछ । खोल्सा जस्तो सानो पो भएछ ।’
पहिलो बटुलाले भन्यो, ‘सानो भएपनि के गर्नु ? बर्खामा भेल भएर मानव बस्तीमा छिरेर कति दुःखदिने गर्छ ।’
उनीहरूका कुरा सुनेर मभित्र प्रश्न जाग्यो, ‘मानव विकाससँगै मलाई घेराबन्दीमा पार्ने तिमीहरूको कर्तुतले मेरो बग्ने धर्मबाट खुम्चिन सक्छु र ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।