नेति–नेति : सुशील कोइराला (कविता )
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
न जली मस्त रहें न निभी अस्त रहें
न साँझ घर पुगें न माझ शहर पुगें ।
न आफ्नो सुर रहें न नशा चुर रहें
न दीप नूर रहें न समीप दूर रहें ।
न बुन्ने सियो बनें न बल्ने दियो बनें
न तिम्रो आश बनें न तिम्रो बास बने ।
न जोड्ने बार भएँ न कुनै सार भएँ
छिनेको हार भएँ छुटेको प्यार भएँ ।
म टुहुरो बचपन हूँ म प्रेमको तड्पन हूँ
म विरहको जलन हूँ म रुकेको धड्कन हूँ ।
म तृष्णाको झील हूँ म टुटेको दिल हूँ
म नभेट्ने मंजिल हूँ म बुझ्नलाई मुश्किल हूँ ।
म प्यासै कति बसुँ म पिउन कहाँ जाउँ
म तड्पी कति बसुँ म जिउन कहाँ जाउँ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।