गजल : शुलभ भारती
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
टाउको माथि हात राख्ने इश्वर हुन्छन भन्ने छैन
मुटु भित्र बसिराख्ने प्रियतमा हुन्छ भन्ने पनि छैन ।
आल्तु फाल्तु माया गर्ने सङ जिन्दगि कटेपछि
आफ्नै भन्नेहरुले पनि कहिले आफ्नो सोचेको छैन ।
पखालिदै छ रगत बाफ्फिदो चियानमा यो लासको
आफ्ना त कता कता यहाँ आफ्नैको आशु झरेको छैन ।
मलाइ आज रात भयो तर देर छैन न छत छ न दिवार
म सोचेरै हिडेको हु आज मलाइ फर्केर जानु पनि छैन ।
यो अध्यारो रातलाई मात्र हो भोलि त पक्का सुर्य उदाउछ
आफ्नै अनुहार हेर्नु छ अहिनामा मैले आफैलाइ चिनेको छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।