चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं,माघ १३ ।

मौसम छ आज अति सुहना
मिल्यो आज लेख्ने यत्ती बहाना
केवल झरी भए रुन्थ्यो यो मन
सायद पूर्ण छ उत्ति चाहाना ।

प्रकृति सबैमा सुन्दरताले हेर्दै
सबैको मन प्रसन्नताले भर्दै
हरर भरिरहेछ पृथ्वीमा
शुभकामनाको प्रफुल्लता छर्दै ।

यो त अत्यन्त शुभको प्रतीक
देखिन्छ नै यो उज्वल फटिक
हेर चौतर्फ उज्यालै उज्यालो
दृश्यले नै हुन्छ नत मस्तक ।

नम्रता नै गुण हो मानवको
विद्या थप्ने गुण हो मानवको
यसमा सुवास थपिदिएमा
बढ्छ गरिमा र गुण मानवको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।