कस्तुरीको वास : छायादत्त न्यौपाने बगर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
फुलै फूल फुलाउने श्रमसिप हो कि
हिउँफूल बर्साउने हिउँचुली हो कि
हृदयका पाना भर्ने सिर्जनाले हो कि
मेचीकाली सुसाउने मेरै देश हो कि
माटो उठाई शिर छुने जाँगरले हो कि
काँडा हटाई गति लिने नेपाली यो हो कि
रङ्गीचङ्गी फूलबारी माया बसाइदिऊँ कि
भञ्ज्याङका झ्याउँकिरी लय बताउँछन् कि
उत्साहले निम्तो गरे बाली लगाइदिउँला
भुन्भुनाए मौरी यहाँ मह चखाइदिऊँला
मन–मुटु तार जोडे गीत गुनगुनाउन
लेकबेंसी सुसेलिए भाका जुराउन
गाउँघर झोपडीमा बत्ती बालिदिऊँ न
घुम्नेफिर्ने कस्तुरीको वास देखाइदिऊँ न ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।