तीन मुक्तक : गंगा लिगल

तीन मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

सुखको बेला हुन्छन् सबै साथी
दुःखको बेला हुन्नन् सबै साथी
थाहा छ दुःख सबैलाई हुन्छ भनेर
थाहा पाई बिर्सन्छन् सबै साथी ।

संसार सुख र दुखको सागर हो
संसार बृहत् यसको सगर हो
झेलिनुपर्छ सदा मान्छेलाई यस्मा
यो त सदा चलिरहेको गागर हो ।

जीवन जगतको क्षणिक रागसँगै
क्षणिक जीवनको अनन्त मागसँगै
रसिएको छ जीवन पृथ्वी तल भरी
लिप्साले पीडित बृहत् भागसँगै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।