गजल : विष्णुप्रसाद आचार्य ‘अतृप्त’
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
बहार अथवा प्रहार जे पनि आउन सक्छ
तयार हुनू, समाचार जे पनि आउन सक्छ ।
भर्खरै छुटेको छ सङघीयताको गोरुगाडा
सुनसान वा गुलजार जे पनि आउन सक्छ ।
लेख्न त रगतकै मसीले लेखेको छु प्रेमपत्र
स्विकार वा छेकबार जे पनि आउन सक्छ ।
आफ्नै सपनाको हत्या गरेको हो मैले तथापि
छानवीन वा केरकार जे पनि आउन सक्छ ।
लाज पचाइ मागिन्छ ! दिनेलाई पो कर छैन
सद्दे अथवा फेरफार जे पनि आउन सक्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।