दुई विलोम : विनोद नेपाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
१. समय
समय उसको प्रतीक्षामा थियो ।
ऊ टुप्लुकियो र भन्यो ‘क्षमापाउँ, म समयमा आउन सकिन’
किन? कस्ले रोक्यो ?
उसले जवाफ दिन थाल्योः
–अलिकति व्यस्तताले,
–अलिकति बेवास्ताले
–अलिकति लापर्बाहीले
–अलिकति अभावले
–अलिकति इर्श्याले
–अलिकति डाहाले
–अलिकति लोभले
ऊ आफ्नै सुरमा एकोहोरो बोलिरह्यो ।
– यतिन्जेल समयले नेटो काटिसकेको थियो ।
२. भ्रम
एकाएक कविता बोल्यो,
अचेल कथामात्रै लेखिरहेको देख्छु, किन?
–कविता मन पर्न छाड्यो कि ?
–कवितामा बेस्वाद लाग्यो कि ?
–कवितासँग विवाद पयो कि ?
–कविताको समय सकियो कि ?
जवाफमा उसले भन्यो,
–रूपमा कविता कविता हो, कथा कथा ।
–दुबैको आफ्नो स्वाद हुन्छ ।
–कविता विवादगर्न उपयुक्त पात्र होईन ।
–कविताको कुनै निश्चित समय हुँदैन ।
अगाडि थप्यो,
भिन्नता मात्र भ्रम हो।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक