दश छेस्का कविता : धातानन्द शर्मा गैरे
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
१.
भूतकाभूल
डसिरहन्छन्
बनेर शूल ।
२.
फस्दछन् भुरा
अतिगुलिया
छलीका कुरा ।
३.
कुराले ठिक्क
पर्वको बेला
चियाभो फिक्का ।
४.
जनता सहून्
ठग, तस्कर
अमर रहून् ।
५.
मलिनओठ
भूकम्प पीडा
जाजरकोट ।
६.
लुकाइ पीडा
डटेर खट्ने
बन्छ समर्थ ।
७.
जुरुक्क उठ
भालेको डाको
कर्ममा जुट ।
८.
हर्दछ प्राण
घातक हुन्छन्
वचन बाण ।
९.
अल्छीको बल
गफको भारी
कर्म निष्फल ।
१०.
भेटाए धन
लोभियो मन
डग्यो ईमान ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।