एमाले काठमाण्डौका नेता कार्यकर्ताहरुलाई चरम सास्ती,केन्द्रीयताको अभ्यास कि चलखेलको प्रपंच ?

एमाले काठमाण्डौका नेता कार्यकर्ताहरुलाई चरम सास्ती,केन्द्रीयताको अभ्यास कि चलखेलको प्रपंच ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४ ।

असोज ८ र ९ गते हुने बागमती प्रदेस अधिवेसनका लागि काठमाण्डौ जिल्ला कमिटीको   उम्मेद्वारी मनोनयन पत्र लिने र दर्ता गर्ने प्रावधानका कारण धेरै नेता तथा कार्यकर्ताहरुले निकै सास्ती पाएको गुनासो गरेका छन।

काठमाण्डौको दक्षिण भेगमा रहेक छैमले देखि उत्तरी भेगमा रहेको नांगलेभारे सम्मका प्रतिनिधि बन्न इच्छुक नेता तथा कार्यकर्ताहरुले धुम्बाराहीमा रहेको जिल्ला कार्यालयमा नै आएर मनोनयन पत्र लिने र अर्को दिन आएर दर्ता गराउनु पर्ने प्रावधानका कारण धेरैले सास्ती खेप्नु परेको गुनासो व्यापक बनेको हो।

एकै दिन गर्न सकिने कामलाई दुई दिनका लागि प्रावधान बनाउदा प्रतिनिधि बन्न इच्छुक नेता तथा कार्यकर्ताहरुले यातायात लगायतका सुविधाहरुमा कठिनाइ भोग्नु परेको बताउदै एक जिल्ला कमिटी सदस्यले यसले धेरै जना चुन्ने र चुनिने अधिकारबाट बन्चित समेत बन्न सक्ने परिस्थिति तर्फ नेतृत्व सचेत बन्नुपर्ने बताएका छन।

अन्तिम नामावली प्रकासन र मनोनयन पत्र वितरणको अधिकार सम्बन्धित स्थानीय कमिटीलाई दिएको भए निकै सहज र प्रभावकारी प्रणालीको विकास हुने बताउदै ति सदस्यले अहिलेको प्रावधान केन्द्रीयताको अभ्यास हो कि चलखेलको प्रपन्च हो ? भन्ने प्रश्न समेत गरेका छन।हालको प्रावधानले सयौ भूगोलका तल्लो तहमा क्रियाशील रहेर प्रदेस प्रतिनिधि बन्न चाहाने नेता तथा कार्यकर्ताहरुलाई अफ्ट्यारो परेको र उनीहरु नेतामुखी हुनुपर्ने बाध्यता सृजना गरेको धारणा राख्दै उनले यस वारेमा विचार गर्न पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन ।

नेकपा (एमाले ) बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनमा प्रतिनिधि छनौटका लागि काठमाण्डौ जिल्ला कमिटीले तालिका तय गरेको छ । असोजमा हुने प्रदेस अधिवेसनको लागि काठमाण्डौ जिल्लाका ११ वटा पालिकामा भाद्र २७ गते प्रतिनिधि छनौट हुनेछन ।
यस्तो छ  नेकपा(एमाले) बागमती प्रदेश अधिवेशन प्रतिनिध छनौट प्रकृया :
१. भाद्र २४: मतदाता नामावलि प्रकाशन
२.भाद्र २५:  ११ बजे देखि २ बजे सम्म मनोनयन जिल्ला कार्यालय
३.भाद्र २५:  २ः३० बजे उम्मेदुबारको नामावली प्रकाशन
४.भाद्र २५:३ बजे दाबिबिरोध
५.भाद्र २५:  ३ः३० बजे उजुरिमाथि छानबिन र प्रकाशन
६.भाद्र २६:  १ः३० बजे उम्मेद्वारी  फिर्ता
७.भाद्र २६:  २ बजे उम्मेदवारको   अन्तिम नामावली प्रकाशन
८.भाद्र २७:  ११ देखि ३ बजे सम्म मतदान सम्बन्धित पालीकाले तय गरेको स्थानमा
९.भाद्र २७:  मतदान सकिए पछी मतगणना
१०.भाद्र २७:  मतगणना समापन पस्चात परिणाम घोषणा र प्रमाणपत्र बितरण

 

तपाइँको प्रतिक्रिया ।