प्रदेस प्रतिनिधिका लागि काठमाण्डौमा आज फारम वितरण हुदै,भोलि मनोनयन दर्ता

प्रदेस प्रतिनिधिका लागि काठमाण्डौमा आज फारम वितरण हुदै,भोलि मनोनयन दर्ता

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४ ।

असोज ८ र ९ गते हुने नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनका लागि प्रतिनिधि छनौटको प्रक्रिया शुरु भएको छ।

यसै क्रममा काठमाण्डौ जिल्लाका स्थानीय तहहरुबाट बागमती प्रदेस अधिवेसनमा प्रतिनिधि बन्न इच्छुक उम्मेदवारहरुले आज जिल्ला कार्यालय धुम्बाराही ( गोपीकृष्ण पुल नजिक ) बाट प्रतिनिधिका लागि फारम लिन सक्ने जिल्ला कमिटीले जानकारी दिएको छ।

काठमाडौ जिल्लामा   १२,५३६ सदस्यता  भएको  केन्द्रीय संगठन बिभागबाट विवरण  प्राप्त भएको जानकारी दिदै काठमाण्डौ जिल्ला कमिटीले प्रतिनिंधि छनौट गर्ने प्रकृया अनुसार आज मतदाता नामावलि प्रकाशन गरिने बताएको छ।
त्यस्तै अन्तिम नामावली प्रकासन भए संगै आज १ बजे देखि प्रतिनिधिक अलागी फारम वितरण हुने र सो का लागि १०० रुपैया शुल्क तोकिएको छ ।
जिल्लाको सुचनाले अन्यौल , विधानको धारा प्रदेस कमिटी सदस्य बन्नलाई कि प्रतिनिधिलाई पनि ?  
त्यस्तै काठमाण्डौ जिल्ला कमिटीले प्रकासित गरेको सुचनाले अन्यौलता सिर्जना गरेको छ। पार्टी विधानको धारा ६३ उपधारा ९ को हवाला दिदै आएको सुचनामा प्रदेस कमिटी सदस्य हुन् चाहिने योग्यता उल्लेख गरिएको छ तर प्रतिनिधि बन्नका लागि के के चाहिने ? सो उल्लेख गरिएको छैन।
सो धारामा” प्रदेश कमिटीको सदस्य हुन कम्तिमा ७ बर्ष पार्टी सदस्य भई काम गरेको र जिल्ला वा सो भन्दा माथिल्लो कमिटी वा बिभाग सदस्य भई एक कार्यकाल काम गरेको हुनु पर्ने छ तर महिला दलित श्रमिक अल्पसंख्यक आदिवासी जनजाति र अपाङ्गता  भएका व्यक्तिको हकमा भने पार्टी सदस्य भई ५ बर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटी वा जनसंगठन वा विभागमा रहि काम गरेको भए पुग्नेछ।”

उपधार ११ ” अन्य पार्टीबाट वा सामाजिक क्षेत्रमा बिशिष्ट योगदान गरि गरी पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा महाधिवेशन वा कुनै पनि तहको अधिवेशनमा प्रतिनिधि हुन वा कुनै पनि कमिटीको सदस्य पदको लागि उम्मेदुवार हुन पार्टी सदस्यको अवधि सम्वन्धि व्यवस्था लागु हुने छैन। ” भन्ने उल्लेख गरिएको छ जुन प्रतिनिधि बनेर गैसकेपछि पूर्ण कमिटीको सदस्य बन्नका लागि आवस्यक प्रावधान हो।
यो सूचनाले कतिपय प्रतिनिधि बन्न इच्छुकलाई नै भ्रममा पार्न खोजिएको जस्तो देखिएकोले यस वारे प्रस्ट पार्नुपर्ने देखिएको एक शाखाका पदाधिकारीले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।