बागमती प्रदेस प्रतिनिधिमा पुराना नेता मधु अधिकारीले उम्मेद्वारी दिने ,जयराम थापा पनि रेसमा ….
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २४।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य मधु अधिकारीले यहि असोज ८ र ९ गते हुने बागमती प्रदेसको प्रथम अधिवेसनका लागि हुने प्रतिनिधि छनौटमा उम्मेद्वारी दिने तयारी गरेका छन।
कपन अनलाइन संगको कुराकानीमा काठमाण्डौ क्षेत्र नं ४ का पुराना नेता अधिकारीले आफुलाई सधै अरुले झोले बनाउन खोजेकोमा दुख व्यक्त गर्दै यस पटक प्रदेस अधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने बताएका छन।
४० को दशक देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय बनेर पटक पटक कठिन परिस्थितिको सामना गर्दा पनि अडिग र निरन्तर सक्रिय रहने नेताको परिचय बनाएका अधिकारी लामो समय क्षेत्रको राजनीतिमा पनि क्रियाशील रहेका थिए।
चार पटक काठमाण्डौ क्षेत्र नं ४ को सदस्य तथा पटक पटक कपन गाउँ कमिटीको इन्चार्जका रुपमा काम गर्दै बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको संगठन मजबुत बनाउन सक्रिय अधिकारीले यस पटक नगरबाट प्रतिनिधि छनौट गर्दा विगतको जस्तो टिके प्रणाली भए मान्य नहुने भन्दै निर्वाचनको मध्यमबाट प्रतिनिधि छान्नु पर्ने धारणा राखेका छन।
२०४८ को संसदीय निर्वाचन देखि २०५४ ,७४ र ७९ को निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन लागेका अधिकारी अहिले नगरपालिकाको सबैभन्दा ठुलो वडा बुढानिलकण्ठ-१० को इन्चार्ज समेत रहेका छन।
यस पटक किन तपाई दावेदार ? भन्ने कपन अनलाइनको प्रश्नमा नेता अधिकारीले सधै एकै पात्र र नेतृत्वको प्रवृतिले स्थान र भूमिका पाउँदा नया पुस्ताको वृति विकास र नेतृत्व क्षमतामा ह्रास आउने देखिएकोले यस पटक परिवर्तनका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य जयराम थापाले पनि प्रदेस प्रतिनिधि बन्ने इच्छा देखाएको एमाले बुढानिलकण्ठ श्रोतले जानकारी दिएको छ। पार्टीको माथिल्लो तह देखि तल्लो तह सम्म आन्तरिक सेटिङ्ग मिलाउन माहिर नेताको परिचय बनाएका थापाको दावीले एमाले बुढानिलकण्ठको राजनीतिलाई तरंगित बनाएको छ ।