ज्याद्रो : मनीषकुमार शर्मा ‘समित’ (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ ,भाद्र १०।
सदा आतङ्क र चीत्कारमा सुत्ने बानी परेको यमराजको निद्रा खलबलिएको थियो ।
‘चित्रगुप्त किन हिजो आज यमलोकमा पापीहरूको चीत्कार सुनिन छाड्यो नि ?’
‘खै प्रभु, के भन्ने ? मैले पनिबुझ्नै सकिरहेको छैन ।’
यमराज चित्रगुप्तलाई लिएर यातनालय तिर गए । एक ठुलो भाँडोमा भकभकी उम्लिएको पानीमा पनि मृतात्मा आनन्द मानेर डुबुल्की मारिरहेका थिए । यो देखेर यमराजले आश्चर्य मान्दै सोधे –
‘हैन तिमीहरूलाई यस्तो केही भएको छैन ? ऐया, आत्थाको कुनै चीत्कार नै छैन ?’
मुस्कुराउँदै एक आत्माले भन्यो– ‘हजुर, यो तपकले हामीलाई के छुन्छ र यो भन्दा बढी त हामीले मत्र्यलोकमै पचाइ सक्यौं ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।