मनै लोभ्याउने दोलखा
डम्बर चौलागाई/
दोलखामा घुम्न आउने अधिकांश पर्यटकहरुलाई गौरीशंकर हिमालको दृश्यावलोकनले जो सुकैको पनि मन जित्न सफल रहेको बास्तबिक यर्थाथतालाई कसैले नकार्न सक्दैनन् । दोलखामा रहेका मनोरम पर्यटकीय स्थथल अवलोकनको दृष्य र यहाका धार्मिक स्थलहरुले पनि उत्तिकै आन्नद दिलाउने गरेकाछन् ।
राजधानीवाट झन्डै साढे चार घण्टाको मोटर यात्रामा पुग्न सकिने दोलखाको सदरमुकाम चरिकोट पर्यटकहरुको मन लोभ्याउने आर्कषणको केन्द्र बिन्दु बन्दैआएको छ । यहा बाट देखिने विभिन्न पर्यटकीय स्थलहरुले झन पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।
दोलखा भित्रिए पछि जिल्लाका प्रसिद्ध दोलखाको भिमेश्वर मन्दिर ,सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्धार जिरी, पवित्र धार्मिक स्थल कालिञ्चोक र मन्दिर परिसर बाट देखिने चित्राकर्षण सुर्यदयको दृष्य, मनोरम लाग्ने हरियो डाडाकाडा भीरपाखा लेकवेंसीमा सुसेली हाल्दै बग्ने तामाकोसीले पर्यटकलाई आनन्दभुति हुने गर्छन ।
गौरीशकर पदयात्राको लागि वर्षेनी हजारौ आन्तरिक तथा बाहृय पर्यटक आउने गर्छन् । “मनोरन्जन मात्र नभइ विभिन्न बिभिन्न विषयको अध्ययन अवलोकन गर्न र जैविक विविधता खोज गर्ने उद्देश्यले पनि पर्यटक आउने गरेकाछन ।”संस्कृतविद् शान्तकृष्ण श्रेष्ठले भने ।स्वीजल्याण्डको जुरिज शहरको उपमाले चिनिने पर्यटकीय नगरि जिरी दोलखामा आउने पर्यटकहरुको लागि अविस्मरणीय गन्तव्य बन्दै आएको छ श्रेष्ठले भने ।
“जिरी आफैंमा सुन्दर छ साथै यहााको मनोरम चियावारीले त झनै मन लोभ्याउने गर्दछ् झन चेर्दुङ् डाडाबाट देखिने त्यो रमणीय स्थलको अवलोकनसंगै जिरीमा उत्पादित चिज र छुर्पीको स्वादले गर्दा त अझै स्वर्गीय आनन्दको अनुभूति दिलाउने गर्दछ ।”प्रफुलित मुद्रामा श्रेष्ठले भने ।
उनी अगाडी भन्दछनः- दोलखालाई सााच्चिकै पर्यटकीय आधार शिविर बनाउन सके, सूर्योदय दृश्यावलोकन गर्न सकिने पवित्र धार्मिक स्थल कालिञ्चोक, समय मापकको सूचाङ्कको रुपमा रहेको गौरिशकर हिमाल, प्राकृतिक सम्पदा संरक्षण सूचीमा रहको गौरिशकर क्षेत्र, सगरमाथा आरोहिहरुको गाउ बेदिङ , सय थुम्काको शैलुङ लगाएतका ठाउाहरुमा पर्यटकको ओहिरो लाग्ने थियो ।
“दोलखामा पर्यटकहरुको आगमनलाई ध्यानमा राख्दै सुविधा सम्पन्न होटलहरु पनि निर्माण भईसकेका छन् , उत्तरी क्षेत्रमा रहेको रोलवालिङ हिमश्रंखलामा पर्ने ७ हजार १ सय ३४ मिटर उचाई मा रहेको गौरिशकर हिमाल देखि रमामङ हिमाल ५ हजार ९सय २५ मिटर उचाई का १५ हिमाशिखरहरु रहेका र धार्मिक हिसावले पनि निकै महत्वपूर्ण मानिने यस क्षेत्रमा पुराणमा वणिर्त हिमालय पर्वत र पत्नी मेनुका को शिला पनि यसै जिल्लामा पर्दछ ।” पर्यटन विद् बैकुण्ठ नारायण प्रधानले भने “जैविक विविधता तथा धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिएको दोलखाको जट्टापोखरी ,वौलापोखरी र विश्वकै अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमताल नेपालमा मात्र होइन विश्वमै परिचित छ सो हिमताल पर्यटकका लागि आकर्षक केन्द्रविन्दु भएपनि संवेदनशील क्षेत्रका रुपमा चिनिन्छ ।”
यता दोलखाको खनिजै खनिजको धनी शैलुङ प्राकृतिकरुपमा अत्यन्तै सुन्दर छ । जिल्लामा रहेका प्राकृतिक साधन स्रोतको अधिकतम मात्रमा कसरी उपयोग गर्ने भन्ने बिषयमा दोलखामा गरिएको सार्वजानीक सुनुवाई कार्यक्रममा नागरिक समाज दोलखाका प्रतिनिधिहरुले शैलुङका सय थुम्कामा सय प्रकारकै खानी रहेको भू-गर्भविद्हरुले दावि गरिरहदा पनि राज्य मौन रहेकोमा गुनासो गरेका थिए ।
“तीन हजार पााच सय मिटर उचाइमा अवस्थित धार्मिक,ऐतिहासिक तथा प्राकृतिक महत्वको धनि शैलुङका सयवटै थुम्कामा सय प्रकारकै खानी छन । तर दोलखा सधैं राज्यको उपेक्षाको सिकार बनी रहेको छ “नेपाल नागरिक समाज दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले भने ।
यि सय थुम्काले धार्मिक,ऐतिहासिक तथा प्राकृतिक महत्वका बोकेकोले दोलखावासीहरुले गौरव गर्ने प्रतिक बनेको छ । त्यस भेगमा बेलाबखत नुन, मट्टीतेल,फलाम आदि फेला पर्ने गेको छ । नुन, मट्टीतेल कुवा भन्ने स्थान यस क्षेत्रमा रहेको छ । उक्त कुवामा रहेको पानीमा मट्टीतेल तरिएको मात्र नभई गन्धले पनि सजिलै छुट्टाउन सकिन्छ चौलागाईको दाबि थियो ।
धेरै वर्ष पहिले खनिज सम्पदाको खोज गर्न विदेशी भू-गर्भविदहरु यहाासम्म पुगेका तर उनीहरुको यन्त्र बिग्रेको र बिरामी समेत परेकोले उनीहरु फर्केको स्थानियवासी हरुले समचार संवाददातालाई बताए ।
“शैलुङका सयवटा थुम्कामा सय जना तपस्वीहरु तपस्या गर्दथे । कलियुग शुरु भएपछि कलिको मुख नहेर्ने भनी ती सय जना तपस्वीहरु सयवटै थुम्काहरुमा नै विलीन भई शिला-दर्शनढुङगा) मा परिणत भएको” स्थानियवासी बिनोद श्रेष्ठको भनाई रहेको छ ।
स्थानियवासीकाअनुसार गुरु पद्मसम्भव -रिपोन्छे) ले नेपालका उच्च तथा हिमाली श्रङ्खलाका साथै तिब्बतका बोन (झंाक्री) धर्मगुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । त्यसपछि त्यहाा धर्मचक्र राजाको छोरीसाग विवाह गरीबस्ता स्वदेश -ग्यासार) का जज्मानहरुको संस्कार,साधनहरुसमेत तान्त्रिक शक्तिद्वारा आकाशमार्गबाट पठाउदा मानेखोर ल्हो -माने) शैलुङ्मा बसेका विश्वास समेत गरिन्छ । त्यसैले पनि शैलुङमा हिन्दु धर्मावलम्वी मात्र होइन बौद्धधर्मावलम्बीहरुले समेत ठूलो आस्थाका साथ पूजाआज गर्ने गरेका छन् ।
यस क्षेत्रमा रहेको प्रसिद्ध शैलुङगेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जर्नपूणिर्मा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गरेको गरेको छ । यहा रहेको एउटा ओडारमा धर्मढोका छ । सो ढोकाबाट पापी छिर्न सक्तैन भन्ने विश्वास पनि छ । कहिलेकाहीं पातलो मानिस पनि छिर्न नसक्ने सो ढोकाबाट कहिलेकाहीं जत्तिसुकै मोटो मानिस पनि सजिलै छिर्न सक्ने स्थानिय सुनिल सुनुवर बताउछन् ।
उनले भने प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी मेला पनि शैलुङको विशेषता हो । यहा रहेको ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फूलने गर्दछ । त्यसरी गोदावरी फूल फूल्दा त्यो ओडारमा दूध जस्तो तरल पदार्थ चुहिने गर्दछ । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु साधै नरम रहने विश्वास गरिन्छ ।
धेरै वर्ष पहिले खनिज सम्पदाको खोज गर्न विदेशी भू-गर्भविदहरु यहासम्म पुगेका तर उनीहरुको यन्त्र बिग्रेको र बिराम समेत परेकोले उनीहरु फर्केको स्थानिय बृद्धाहरुको भनाई रहेको छ । यहााका सय वटा थुम्काहरुमध्ये सबैभन्दा ठुलो थुम्कालाई ‘बाघदुर्गा’भन्ने गरिन्छ । पहिले यहाको अर्को धार्मिकस्थल कालिञ्चोकबाट डँाफे चराको हुल उडेर आई बाघदुर्गामा बस्ने गर्दथ्यो । धार्मिक,ऐतिहासिक तथा प्रकृतिक महत्व बोकेको शैलुङमुनि ढुङगबजार सम्म गाढीहरु चल्ने गरेका छन । दिग्भ्रमित नबनाई उल्टो परेको इतिहास सच्याउन दोलखालीको नेपाल सरकार लाई आग्रह
उल्टो परेको इतिहास सच्याउन नेपाल सरकारलाई दोलखाली नागरिकले आग्रह गरेका छन् । इतिहास झुठो हुदैन । झुठो पढाएर स्वाभिमानी नेपाली नागरिकलाई दिग्भ्रमित नबनाउन दोलखावासीले सरकार संग आग्रह गरेका हुन ।
“नेपालमा पहिलो पटक टक-सिक्का) चलनचल्तिमा ल्याउने तत्कालिन दोलखा राज्यका राजा ईन्द्र सिंह भएको यथेष्ट प्रमाण हुदा हुदै महिन्द्र मल्ल भएको उल्लेख भईरहेकाले सच्याउन पटक पटक आग्रह गर्दा समेत पुरातन मानसिकता उपजका कारण इतिहासलाई कूल्चिने काम भई रहेको छ “सांस्कृतीक विद् एवम दोलखाका समाज सेवि शान्ताकृष्ण श्रेष्ठले भने ।
दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास पुरा हुर्दैन भन्ने इतिहास शिरोमणी वावुराम आर्चायले पनि राजा इन्द्र सिंहको टक लाई नेपालको पहिलो सिक्काको रुपमा मान्यता दिएको श्रेष्ठले दाबि थियो । उनले भने “पुणिर्मा पत्रिकाको अंक ३ पृष्ठ ३४ मा लेखक मोहन प्रसाद खनालले सिक्का चलन चल्तिमा ल्याउने राजा महिन्द्र मल्ल नभई राजा ईन्द्र सिंह देवले नै हुन भन्ने वलियो तर्क पेश गरेका छन । ”
वि सं १६०५ ताका मरिसकेका राजा इन्द्र सिंहले वि सं १६१२ पछि मात्र राजा भएका महिन्द्र मल्लको टकको नक्कल गर्न कसरी पुगे प्रश्न उठाउदै इतिहास शिरोमणि बावुराम आर्चायले दावि गरेको सांस्कृतीक विद् श्रेष्ठले बताए ।यि कुराहरु लेखक खनालले आˆनो लेखमा पूर्णरुपमा समेटेकाछन सांस्कृतीक विदको कथन थियो ।
“इतिहासकारहरुले दोलखाको राजा ईन्द्र सिंहको नक्कल गरि कान्तिपुरमा राजा महिन्द्र मल्लले आˆनो नाम अंकित मोहर छापेको यथेष्ट प्रमाण रहेको दावि ईतिहासले छर्लङ देखाउदा समेत मौन रहेर बस्नुमा तत् समयका सरकारको नेतृत्व गर्नेहरुको निकम्ब पन हो “नेपाल नागरिक समाज दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले बताए ।
एतिहासिक सहर दोलखामा नै पहिलो टक छापिएको भन्ने इतिहासमा दरो प्रमाण भएपनि आज सम्म कहीा कतै यस तथ्यले आधिकारिक मान्यता प्राप्त गर्न नरकेकोमा आम दोलखाली नागरिकहरुकोे गुनासो मात्र नभई सकारी उपेक्षाको शिकार बनी रहेकोमा दोलखाली नागरिकहरु चिन्तित भएकाछन् ।
प्राचिन कालमा चर्चामा ल्याउन दोलखाका तत्कालिन राजा ईन्द्र सिंहले नेपालमा पहिलो पटक सिक्का प्रचलनमा ल्याएको सजिलै अनुमान गर्न सकिन्छ भनेका छन् ।एतिहासिक तथ्यका आधारमा बि सं १५९१ देखि १६०५ सम्म ईन्द्र सिंहले राज्य संचालन गर्दा आˆनो नाम अंकित टक प्रचलनमा ल्याएको चौलागाईको दावि छ । “यहााको वस्तिलाई सातौ शताव्दी तिरको भनि अनुमान सजिलै गर्न सकिन्छ । सन १९८९ मा लन्डन वाट प्रकाििसत क्वाइनेज अफ नेपाल नामक पुस्तकको ७६/७७ पृष्ठमा तत्कालिन दोलखा राज्यको टक (सिक्का) लाई हिन्दुहरुको पहिलो सिक्का भएको दावी गरेको चौलागाईले बताए ।