सारथी पाठशाला बुढानिलकण्ठ-६ को अभिभावक दिवस सम्पन्न

सारथी पाठशाला बुढानिलकण्ठ-६ को अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको सारथी पाठशालाको अभिभावक दिवस सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र विद्यालय संचालक समितीका सल्लाहकार ईश्वर चन्द्र काप्रीको अध्यक्षतामा भएको सो अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए।

सुविधा सम्पन्न भौतिक पूर्वाधार र नविनतम शैक्षिक अभ्यास सहित पृथक पहिचान बनाएको सारथी पाठशालाले सो अवसरमा विभिन्न प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुका साथै एस इ इ परिक्षामा सामेल विद्यार्थीहरुलाई विदाई समेत गरिएको प्रधानाध्यापक यूहन्ना काप्रीले जानकारी दिएका छन।

उक्त अभिभावक दिवसमा बुढानिलकण्ठ नगरपालिकाकी सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी, नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल, समाजसेवी श्याम केसी, विदेसी पाहुनाहरु काङ्ग सुङ्ग मुन र तिमोती झा, अभिभावक प्रतिनिधि राम श्रेष्ठ लागयतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।