२ डलर तिर्नुस् फेसबुकमा चर्चित हुनुस्

 

फेसबुक नचाउनले त हामीमध्ये प्राय कमै होलान् । फेसबुकमा कमेन्ट, स्टाटस, तथा म्यासेज गर्ने पनि हाम्रो नियमित काम नै हो यदी फेसबुक चलाउँछौ भने तर फेसबुकमा स्टाटस, कमेन्ट, तथा म्यासेज गर्दा पनि साथीहरूबाट कुनै राम्रो प्रतिक्रिया नआउने व्यक्तिहरू पनि सायद धेरै नै हुनुहुन्छ होला । यस्तै व्यक्तिहरुलाई मध्यनजर गरेर फेसबुकले ‘हाइलाईट’ नामक एक फिचर ल्याउँदै छ जसले कुनै पनि व्यक्तिलाई फेसबुकमा चर्चित बनाइदिन्छ तर यसका लागि तपाईले फेसबुकलाई २ डलर (करिब १७५ रुपैया) तिर्नुपर्छ । फेसबुकले ल्याएको यो फिचरले यो फिचरमा आवद्ध भएका व्यक्तिहरूको स्टाटसलाई सबैभन्दा माथी राखिदिन्छ जसका कारण आफ्ना स्टाटसहरु अरुले सहजै देख्न सक्छन् ।
फेसबुकले गरेको सर्वेक्षण अनुसार कुनै पनि व्यक्तिले गरेको स्टाटस अपडेट मात्र १२ प्रतिशत साथीहरुले मात्र देख्न पाउँछन् । फेसबुकका एक अधिकारीले बताए अनुसार फेसबुक टिम यो नयाँ फिचरबाट मानिसहरुको इच्छाका बारेमा जान्न सक्नेछ ।
यो नयाँ फिचर फेसबुकमा लाइक बटनसँगै हाइलाइट बटनको नामले देखिने छ भने यसलाई क्लिक गरेपछी फरक-फरक मूल्य देखिन्छ, जसमा आफ्नो स्टाटस माथी राख्न २ डलर तिर्नुपर्छ ।
यो फिचर फेसबुकले सार्वजनिक गरिसकेको छैन् । यसलाइ परिक्षण गरिरहेको फेसबुकका एक अधिकारीले बताएका छन् । उनका अनुसार यो फिचर प्रयोग गर्नेहरुको स्टाटस धेरै समय न्युज फिडमा रहने र धेरै भन्दा धेरै साथीहरुले देख्न पाउनेछन् ।
तपाइँको प्रतिक्रिया ।