घरमै बसेर २० मिनेटमा एचआइभी टेस्ट गर्न सकिने

अमेरिकाका शोधकर्ताहरु घरमै २० मिनेटमा एचआइभी भाइरस टेस्ट गर्न सकिने नजिक पुगेका छन् । विशेषज्ञका एक समितिले भनेको छ कि ओराक्किक इन होम के नाम दिएको टेस्ट सुरक्षित तथा प्रभावकारी रहेको छ । यसको संक्रमण रोक्ने क्षमता, गलत परिणाम आउने खतराभन्दा धेरै रहेको पनि बताइएको छ ।

यो टेस्टको अनुमति दिने कि नदिने भन्ने बारेमा यस वर्ष उपभोक्ता अधिकार बचाउ तथा खाद्य पदार्थ, औषधीको मानक तय गर्ने अमिरेकी संस्था फुड एयड ड्रग एडमिनिस्ट्रेसाले फेसला गर्नेछ । यस कम्पनीका अनुसार २० मिनेटमा परिणाम बताउने यस टेस्ट पोजिटिभ रिजल्टका लागि ९३ प्रतिशत सही पाएको थियो जबकी नेगेटिभ मामलामा यो ९९.८ प्रतिशत सही छ ।

अमेरिकामा लभभग १२ लाख एचआइभी संक्रमित छन् । जबकी अमेरिकामा हरेका वर्ष ५०,००० नयाँ संक्रमित हुने गरेका छन् । सो विशेषज्ञ समिति पहिला नै यस टेस्टको अनुमति दिने पक्षमा १७–० ले फैसला गरिसकेको छ । समितिले मानेको छ कि यस बिरामीले पीडित मानिसको स्वास्थ्य र सामाजिक सेवा पाउँदछ ।

तपाइँको प्रतिक्रिया ।