श्री जय भद्रकालीका विधार्थीहरुलाई कांग्रेस नेता इन्द्र बहादुर थापाको शैक्षिक सामाग्री सहयोग
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ३।
नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति सचिव इन्द्र बहादुर थापाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुंगमा रहेको श्री जय भद्रकाली आधारभूत विधालयका विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन।
विद्यालयका प्रधानाध्यापक बासुदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी थापालेना बिधार्थिहरुलाई करिव १,३०० वटा कपी सहयोग गरेका थिए ।
कार्र्दैयक्रममा बोल्दै थापाले सामुदायिक विधालयमा अध्ययनरत गरिव एवं जेहेन्दार विधार्थीहरुलाइ थोरै भएपनि सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने धारणा व्यक्त गरेका थिए।
विद्यालयकी सहायक प्रधानाध्यापक बिना थिङ्गको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेस बुढानिलकण्ठका सचिव विजेन्द्र श्रेष्ठ,नेपाली कांग्रेस वडा नं १ का इकाई सभापति झलकध्वज ठकुरी, लोकतान्त्रिक खेलकुद संघ वडा नं १ का संयोजक अर्जुन लामा,समाजसेवी छेवांग लामा ,साजन ठकुरी सहित अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।