आस्था : जेबी खत्री (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
उसको घरदेखि केही तल खोलाको छेउमा देवीथान थियो । हरेकविहान उसका बा त्यहाँ गएर पुजाआजा गरि थानमा गाईको दुघ र हरियो दूवो चढाउँने गर्थे । ऊ उसकाबाको पछिपछि जान्थ्यो . बाको छेउमा बसरर सबै हेर्थ्यो । सधैँ बाले यसो गरेको देखेर एक दिनउसले बालाई सोध्यो,बाकिन हामी सधैँ यहाँ आएर पुजाआजा गर्ने,अरू त यसरी सधैँ आएर पुजाआजा गर्दैनन् नि त । हामी मात्र किन नि यसरी सधैँ पुजाआजा गरिरहने ? यो देवीथान हाम्रो मात्र हो र ?
उसका बाले भने,बाबु तिमीअहिले; सनै छौ र तिमीले बुझेका छैनौ र अरूले के गर्छन् के गर्दैनन् त्यो कुरा आफ्नो ठाउँमा छ । हामीले गर्नुपर्छ । यसरी पुजाआजा गर्यो भने भगवान् सधैँ दाहिना हुन्छन् । भगवान् खुशी भए भने कुनै कुराको अभाववा समस्या हुदैन । आफुले हिताए चिताएको कुरा पुग्छ . कुनै कुराको दुःख हुन दिदैनन् । कसै माथि अन्याय हुन दिदैनन् . हामीले यसरी सधैँ पुजाआजा, मानमनितो गरेका छौँ र त गाउँमाकुनै अनिष्ट हुनपाएको छैन। सुख–शान्ति छाएको छ । भगावानले कसैप्रति अन्याय गर्दैनन् कसैलाई अन्याय हुनपनि दिदैनन् । कसैले कसैप्रति अन्याय गर्यो भने पनिउसलाई सजाय दिन्छन् । त्यस्तो अद्भूतशक्ति हुन्छ भगवान्मा ।सन्सारलाई हेर्ने आँखा हुन्छन् भगवानका । यस्तो कुरा सुनेर ऊ छक्क पर्यो । उसले मनमनै गम्यो । भगवान जसले कसैप्रति अन्याय गर्दैनन् । अन्याय हुन दिदैनन् ।उनमा अद्भूत शक्ति हुन्छ ।उनमा भएको त्यो अद्भूत शक्ति कहाँ र कस्तो होला ! हेर्न पाएहुन्थ्यो ।
एक दिन ऊ उसकाबासँग देवीथान गएन । उसकाबा त्यहाँबाट पुजाआजा गरेर फर्किई सकेपछि मात्रएक्लै ऊ त्यहाँगयो । उसले थानको ढुङ्गालाई हातले विस्तारै सुम्सुम्यायो बाले झैं ढोग्यो । छामि हेर्यो । अहँ अदभूत शक्ति कतै भेट्टाएन । त्यति गर्दा पनि नभेट्टाएपछि उसले दुई हातले त्यो थानको ढुङ्गो उचाल्यो । उचालेर हेर्दा त्यहाँ उसले घाम, पानी, हावा आदि नपाई थिचिएर र किचिएर रहेको अवस्थामा पहेँलिएको दुवो मात्र देख्यो । ऊ छक्क पर्यो ।दुवो यसरी पनि बाँच्दो रहेछ ।त्यो दुवो उसका बाले थानमा चढाउँन ल्याए जस्तो हरियो र लहलहाउँदो थिएन । उसले मनमनै सोच्यो । भगवान्ले यो दुवो माथिन्याय गरेका हुन् कि अन्याय गरेका हुन् । त्यो ऊ अरू कोही नभएर म नै थिएँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।