भोक : शुक्रराज कुँवर ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
धन कमाउने भनेर विदेश भासिनेहरुको भिड़मा रमेश पनिथिए । एउटा ठुलै कम्पनीमा काम पाएका थिए । घरमाबाबुआमा, स्वास्नी र केटाकेटी थिए । महिनावारी पैसा पनि पठाउन्थे । एक कसिमले भन्नु पर्दा घरको जिम्मेदारी उसैको काँधमा थियो ।
‘टिफिन टायम’ मा कम्पनीका कर्मचारीहरु खाजा खान क्यान्टिन तिर निस्के । रमेशपनि उनीहरु सङ्गै
मिसिए । उ क्यन्टिनको कुनाको मेचमागएर बस्यो जहाँ एउटा साथी पनि थियो । दुवैले खाजा मगाए । खाजा नआउन्जेल सम्म एकापसमा गफिन थाले । त्यसैबेला रमेशको स्वास्नीको फोन आयो । घरायसी कुराकानी भए । छोराछोरी पनि फोनमा बोले । भोकलाग्यो बाबा ! पैसा पठाइ दिनु भने ।
टेबलमा खाजाआइपुग्यो ।साथीले कपाकप खाँदै थियो । तर उ भने कुनै रुचिदखाइरहेको थिएन । त्यो देखेर भाउजूको खुबै याद आयो कि के हो ?भनेर साथीले जिस्कायो ।
‘त्यसो होइन यार !’ बिगत कोट्याउँदै उसले भन्यो ‘पहिले जतिखेर पनिभोक लाग्यो भनेर आमालाई कति तङ गर्थेँ । अहिले आफूले कमाउनु पर्दा र जिम्मेदारीले किचे पछि भोक पनिमर्दो रहेछ । त्यस्तै पनिभयो यार ! केटाकेटीले अनायास भोक लाग्यो बाबा ! भने, रुचि नै जागेन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।