काठमाण्डौ-४ मा डा.राजनको जितका आधार : निरन्तर सक्रियता र विकास पूर्वाधार

काठमाण्डौ-४ मा डा.राजनको जितका आधार : निरन्तर सक्रियता र विकास पूर्वाधार

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाण्डौ–४ मा चुनावी माहोल तातेको छ।

यस क्षेत्रमा  चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले घरदैलोको क्रमलाई निकै तीव्रता दिएका छन । उनको जितका मुख्य आधारका रूपमा निरन्तर जनसम्पर्क, सक्रिय राजनीतिक उपस्थिति र विकास पूर्वाधारका कामहरूलाई रहेको विश्लेषण गर्न  थालिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा जित हार नभनी निरन्तर सक्रिय रहेका डा. भट्टराईले अहिले आफ्नो प्रचार अभियानमा स्थानीय विकास निर्माण र पूर्वाधारको विस्तारलाई प्रमुख मुद्दा बनाएका छन।

आफुले विभिन्न राजकीय जिम्मेवारी प्रदान गर्दा शुरु गरेका योजनाको पूर्णता र नयाँ पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेका डा. भट्टराईका केहि सबल पक्षहरुको बारेमा यहाँ चर्चा गरिएको छ।

१. निरन्तर जनसम्पर्क र संगठन सुदृढीकरण

डा. भट्टराई निर्वाचन अघि र  पछि पनि क्षेत्रमै सक्रिय रहँदै आएका नेता मानिन्छन्। चुनाव बाहेकको समयमा पनि  टोल–टोलमा पुगेर जनगुनासा सुन्ने, पार्टी संगठनलाई चलायमान राख्ने र स्थानीय तहसँग समन्वय गर्ने कार्यले उनको राजनीतिक आधार बलियो बनाएको विश्लेषकहरू बताउँछन्। पार्टी पंक्तिमा पनि उनी संगठक नेताका रूपमा परिचित छन्।

२. विकास पूर्वाधारमा प्राथमिकता

काठमाण्डौ–४ मा सडक स्तरोन्नति, ढल व्यवस्थापन, खानेपानी विस्तार, विद्यालय तथा सामुदायिक भवन निर्माणजस्ता योजनामा उनको पहल देखिएको समर्थकहरूको दाबी छ। विशेषगरी कपन डुवान समस्या समाधान , खेलकुद पूर्वाधार निर्माण, खानेपानी र कपन क्याम्पसको विस्तार , पूर्वाधार  व्यवस्थापन र आधारभूत पूर्वाधार विस्तारका मुद्दालाई उनले प्राथमिकतामा राख्दै आएका छन्।

३. राष्ट्रिय छवि र कूटनीतिक अनुभव

नेपाल भारत प्रवुद्ध समुहको सदस्य तथा विभिन्न अन्तरास्ट्रिय मंचमा  उनको प्रस्तुतिले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बलियो रहेको छ भने राष्ट्रिय राजनीतिमा अनुभवसहित क्षेत्रीय विकासलाई जोड्ने क्षमता उनको थप बलियो पक्ष मानिन्छ।

काठमाण्डौक्षेत्र ४ मा डा. राजनको सम्भावित जितका आधारका रूपमा संगठनात्मक बल, जनसम्पर्कको निरन्तरता र देखिने विकास पूर्वाधारलाई प्रमुख रूपमा हेरिएको छ।

तपाइँको प्रतिक्रिया ।