भैरवपूजा र विशेषता : शीतल गिरी

भैरवपूजा र विशेषता : शीतल गिरी

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

प्रायः सबैजसो प्राचीन भैरवहरूलाई शिलाको रूपमा नै पूजा गर्ने हुनाले नेपालमा भैरवपूजाको परम्परा इतिहास विक्रम पूर्वका शताब्दीहरूदेखि नै चलि आएको थियो भन्न सकिन्छ । शिवको भयावह पूर्णरूपको झलक नै भैरव हो भनेर शिवपुराणमा भनिएको छ ।नेपालमा शिवका संहार मूर्तिहरूमध्ये भैरवको मूर्मि सबैभन्दा बढी प्राप्त छन् । शिवको एउटा नाम भैरव हो ।प्रारम्भिक अवस्थामा भैरव शब्द त्रिदेवमा अन्तिम देउता बिवको वाचक रूपमाथियो । शब्दको हिसाबले भैरव शब्द प्राचीन भएको हुँदापूजा पद्धति । मूतिहरू नयाँ भन्ने कुरो पनि रहेन ।
मत्स्यन्द्रनाथलाई कामरूपबाट नेपाल ल्याउँदा चार भैरवहरू ह्याग्रा भैरव, हरसिद्धि भैरव, त्याङ्ग्रा भैरव तथा लुतावाह भैरवहरूले बोकेर ल्याएको कुरा स्मरणस्य छ । त्यस्तै नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाभित्र किराँतहरूले राज्य गरेको पुष्टि नेपालका सबैजसो प्राचीन भैरवहरूको उत्पत्तिको कथाले गर्दछ ।
यसरी नेपाल मण्डलभित्र भैरव पूजाको परम्परा इतिहासको सुरुदेखि नै चल्दै आइरहेको मान्न सकिन्छ । वैदिककालमा भयावह रूपमा चिनिने रुद्र देउताको विस्तारै स्वभाव परिवर्तन हुँदै गएर सौम्य शिव, महादेव, भोलेनाथ भनेर चिनिए पनि उनको रौद्र रूप प्राप्त भने हुन सकेन । त्यही रुद्रकै परिवर्तित रूपमा भैरवलाई लिन सकिन्छ । आफ्नो उग्र रूपमा शिवलाई क्रूर र भयानक र महानाशकारी देउता मानिएको छ । हुँदाहुँदा भैरव भनेपछि भयानकको रूपमा सहजै बुझिन्छ । भयप्रतिको आस्थाले भैरवपूजाले प्राथमिकता पाएको हुनसक्छ । भय शहन गर्न सकिने हुनुपर्छ । भयसँगै जब भयभीतहुन छाड्छ, तब त्यो भयआफै भयभित हुन्छ । भैरवको स्वरूप भयानक भएपनि कल्याणकारी रहेकाले पूजा पाउँदै गरेका हुन् ।
शिवको क्रूर, भयानक र महानाशकारी रूपलाई चण्ड, भैरव, महाँकाल इत्यादि उपाधि दिइएको छ । भैरवलाई शिवको उग्र रौद्र रूप भनिन्छ ।
शिवको आठ प्रकारको रौद्र रूपमा काल (चण्ड), असिताङ्ग, संहार, रूरूक्रोध, धपाल, भीषण र उन्मत्त— तन्त्रशास्त्रका प्रवर्तक भगवान् शिवबाट आदिशक्ति स्वरूपिणी देवीपार्वतीलाई लोकको उपकारक र कल्याणको निमित्त महाकाल संहिता र रुद्र यामल तन्त्रमा दारिद्र्यरूपी भवसागरबाट पार पाउनसक्ने उपाय स्वरूप स्वार्णकर्षण भैरवको उपासना, अनुष्ठान आदिकर्मको विधिबता भएको वर्णन छ । विभिन्न तन्त्र साहित्यमाशक्ति पीठहरूको नामउल्लेख गरिएको छ । विभिन्नग्रन्थमाभने शक्ति पीठको नाम फरकफरक छ ।
मेरुतन्त्रमा सती देवीको अङ्ग पतन भएका पीठहरूको निर्देशनगर्दा भनिएको छ ……
“अकारःकामरूपाख्यदि पीठ तदुत्यते
यस्मिन् पीठे मयादेविकुलमार्ग प्रवर्तितः ।।
तश्रत पतितायोनि स्तादृष्टवा तत्प्रिय कृतम् ।।
आकार काशिका पीठ ……………………..

नेपाल तु इकारस्यात् गुइतत्रतु पार्वती
तस्मान्वस्य मार्गस्य मूलस्थानतदुच्यते
षड पेलाशवलक्षमिता भैरुन्थ्यो भैरवस्तथा
शक्ति ना च उदसे द्वे पीठाना चा शतगमयम् ।”
नेपालमा भैरवलाई दिकपाल क्षेत्रपाल अर्थात् रक्षक सबै मनोकामनाको पूर्ति गर्ने, व्यापार बृद्धि गर्ने देउताको रूपमा मानिन्छ । अन्धक राक्षसको गदाबाट शिवको शिर चार खण्ड भयो र त्यसबाट रगत बग्न लाग्यो र त्यही रक्तधाराबाट पाँच भैरवको उत्पत्ति भयो भन्ने वर्णन पुराणहरूमा पाइन्छ । अकाररूप नेपालको पीठ हो, जहाँ सतीदेवीको गुह्य भाग पतन भएको थियो ।

अतःवाममार्गको मूलस्थान नेपालको गुह्येश्वरी पीठलाई भनिन्छ । वैष्णव या अन्य भन्दा तन्त्रमा प्राचीन नेपालको धर्म निर्भर छ । यसकारण यहाँको समाजमा रोचक संस्कृति छ । अतः संस्कृतिको अभिष्ठान तान्त्रिक समाजमा हुन्छ । तन्त्रप्रतिको यहाँका गुभाजु, भट्ट, लामा आदिको अधिकारले समाज सङ्गठित छ । व्यक्ति समाज प्रति अर्पित होस् । यो यसो त निरीह भावनाको कुरा मात्र हो । यानि व्यक्तिमा निर्भर रहन खोज्दा हुनसक्छ समर्पित नबनोस् । नैतिकता कर्तव्य  सम्म रहन्छ । यसकारण अधुरो छ । यसले व्यक्तिसँग अपेक्षा मात्र गर्दछ । यानि तब अधिकार व्यक्ति समक्ष पुग्दछ । समाजले मात्रआशा गर्नेछ । समाजको कुरा यस यसकारण मान्दछ कि यो गलतहो, अधिकार समाजसँग रहन्छ, व्यक्तिमा समर्पण भएनभने त समाजले बलात गराउनेछ । समाजको हितमा व्यक्ति भयो भने त राम्रो हो, नत्र त बाङ्गो किसिमबाट तह लगाउन दण्ड गर्ने कानुन छ । सङ्क्षेपमा तन्त्र भनेको तत्कालीन सत्ता र समाजले स्वीकार गरेको त्यो विधिहो जसले व्यक्तिलाई समाजको अधिनमा राख्थ्यो । नेपालका विभिन्न मनिदरमा प्राप्त शिलालेखहरूको आधारमा भैरवको विभिन्न नाम मध्ये एउटा नाम भीमसेन पनि हो । कीर्तिपुरस्थित बाघ भैरवको ने.सं. १०७ को एक अभिलेखमा उक्त भैरवलाई भीमसेनको संज्ञा दिइएको छ । काठमाडौं उपत्यकामा रहेका प्रसिद्ध मठ मन्दिरहरूमध्ये भैरवलाई महत्त्व दिएर पूजाआजा सम्पन्न गरिने मन्दिर पनिथुप्रै छन् । विभिन्न भैरवको उत्पत्ति बारे विभिन्न कथाहरू गाँसिएका छन् । धर्म स्वयम् अमूर्त हो, कसैको पनि साक्षातकार अहिलेसम्म कुनै धर्मसँग भएको छैन । मानिसले स्वार्थवश अति श्रद्धावश आशक्ति भै धर्मलाई मूर्त भन्नथालेका छन् । सक्तामाल्याएर मूर्त बनाएको छ : धार्मिक राज्य, धर्म निरपेक्ष राज्य ।
नेपाल मण्डलभित्र भैरवको मूर्तिको पूजा गर्ने चलन सम्भवतः ईशाको सातौं/आठौं शताब्दीदेखि चल्यो । काठमाडौं उपत्यकामा भैरवको विशेष पूजाआजा र जात्राहुने स्थानमा भक्तपुर पर्दछ । भक्तपुरलाई भैरवको विशेष स्थानको रूपमालिन सकिन्छ । जीतबहादुर मानन्धरले भक्तपुरलाई त भैरव प्रधान नगर नै हो भनेर वर्णन वर्नुभएको छ । भक्तपुरको टोलटोलमा भैरवका थुप्रै ठुलासाना मन्दिर र पीठहरू दर्शन गर्न सकिन्छ । धर्मले मूर्त रूप धारण गरेको राज्यमानिर्वाचनको माध्यमबाट आफ्नो प्रतिनिधि चयन गर्ने गरिन्छ र तिनीहरूनै सत्ताधारी बन्दछन् र आफू अनुकुलको शासन चलाउँछन् ।
पचपन्न झ्याल र उनान्सय चोक भएको प्रसिद्ध भक्तपुर दरबारको तलेजुचोकसँगै जोडिएको वसन्तपुर दरबार भैरवचोकबाट विभिन्न आख्यान जोडिएका छन् । पचपन्न झ्याले दरबार सरह नै प्रसिद्धि पाएको बसन्तपुर दरबारको उल्लेख अब ग्रन्थमामात्रै सीमित हुनपुगेको छ । विभिन्न समयमा आएका भूकम्पले यी प्रसिद्ध दरबारहरूलाई भग्नावशेषमा परिणत गरिसकेका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिरका पचली भैरव, कीर्तिमुख भैरव, बाघ भैरव, लेलेको टीका भैरव, दोलखाको भीमेश्वर भैरव, चित्लाङको स्वच्छन्द भैरव आदि प्राचीन भैरवको शिलामूर्तिहरू मात्र पाइन्छ ।
प्रसिद्ध सांस्कृतिक इतिहासकार मेरी स्तसरले आफ्नो पुीतक ‘नेपाल मण्डल’ मापशुपतिभित्रनवदुर्गा र अष्टमातृकाको मन्दिरमा लिच्छविकालीन शिला भैरव राखिएको छ भनी उल्लेख गरेका छन् । हाल पुरातत्व विभागको सक्रियता माती पुराना चित्रहरू संरक्षण गरिँदै छन् । नेपाल मण्डलभित्र लिच्छविकाल वात्यसभन्दा अघिदेखि जनतालाई श्रणमोचन गरी शिला भैरव स्थापना गर्ने परम्परा चल्दै आएको पाइन्छ ।
लिच्छवी राजा शिवदेवले चार गणेश, चार भैरव, चार नृत्यनाथ, चार महादेव, चार कुमारी आदि विधिवत स्थापना गरी नौवली नगरी बसाए भनी वंशावलीहरूमा लेखिएको छ । विभिन्न धार्मिक ग्रन्थहरूमध्ये पद्म पुराणमा यसरी वर्णन गरिएको छ— “ब्रह्माले समस्त शास्त्र भन्दा पहिला पुराणको स्मरण गरे, यो संसारमा सर्वश्रेष्ठ ज्ञानको उत्पादक र प्रचारक हो ।”
ईशाको सातौं शताब्दीका सबैभन्दा शक्तिशाली राजाअंशुवर्माले स्थापना गरेको मति नाम नगरमाभारतको प्रयागतीर्थबाट विद्वान, वेद, ज्योतिषशास्त्रजान्ने गुणभक्तले आवश्यक विविध विधान गरी ल्याएको भैरवलाई विधिपूर्वक दरबार नजिकै स्थापना गरी भैरवलाई प्रसन्न गर्न मांसाहुति यज्ञ गर्ने चलन पनि चलाए भनी राजभोग माला वंशावलीमा लेखिएको छ ।
‘राजभोगमाला’ वंशावलीमा ईशाको दशौं शताब्दीका राजाभाष्कर वर्माले गोकर्ष स्थापनामा स्थूलकाय शिला भैरवहरूको स्थापना र पूजाआजा गर्ने चलनलाई लिच्छवी र मल्लकालको बीचको ठकुरी कालमा विस्तारै विस्तारै भैरवकामूर्तिहरू बनाई स्थापना र पूजाआजा गर्न थालेको देखिन्छ । विभिन्न अध्ययन अनुसन्धान गर्दा के प्रष्ट हुन्छ भने भैरव भन्ने शब्द प्राचीन भएपनि शिक्षाको उल्लेख लिच्छविकालको शिलालेखमा आएको छ ।कापालिकहरूले शिक्षाको जुन रूपको पूजागर्दथे त्यो रूप नै भैरव रूप हो ।कापालिक रूपका भैरवको ध्यानउनको शक्ति भैरवीवा कराला चामुण्डासँगै गर्ने परम्परा थियो ।
पाशुपतमतका संस्थापक नकुलीशलाई समेत भैरव भनेर सम्बोधन गरिएको वाचस्पत्यम् ग्रन्थको श्लोक यस्तो छ ।
“नकुलीश कालिपीठस्र्थ भैरवभेठे ।
नकुलीशः कालिपीठ दक्षपादाङजुलीमता ।”
राजाआनन्ददेवले आफ्नो राज्यकाल (ने.सं. २६७ देखि २८७ सम्म) श्री आकाश भैरवको मन्दिरलाई देशको मध्यपारी तन्त्रोक्त विधिले स्थापना गरे भन्ने उल्लेख छ । भक्तपुरको भैरवको रथयात्रा, काठमाडौंको पचली भैरवको जात्रार पचली भैरवको बाह्र वर्षे नाच हलचोकको आकाश भैरवको बाह्र वर्षे आदि सबै परम्पराको थालनी नेपालको इतिहासको पाँचसय वर्षको अन्तरिम कालमा भएको देखिन्छ । लिच्छविकालमा सामान्य चर्चा गरिएका भैरव मल्लकाल र शाहकालमा अझ व्यापक भएको देखिन्छ । भैरवकामूर्ति रअन्यमनिदरहरूको स्थापना मल्लकालमा थुप्रै भएका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौंका विभिन्न टोलबाट भैरवको मुखुण्डो प्रदर्शन गर्ने व्यापक प्रचलन छ ।

जात्राको अवसरमा एक हप्तासम्म प्रदर्शन गरिने, भैरवकामूर्तिबाह’क विशेष जात्राको कारणले पचली भैरव, मुशल र ठूलो भित्ते चित्रको रूपमा पूजित टीका भैरव, एउटै प्रस्तरमा कुँदिएको कालो रङ्गको डरलाग्दो अनुहार भएको कालभैरव, भक्तपुर दरबार क्षेत्रको राजा भूपतीन्द्र मल्लले स्थापना गरेका सम्वत ८२७ शुक्ल अक्षय तृतीयाको भैरव मूर्ति, भक्तपुर सदाशिव चोकमा रहेको १६+१=१७ काष्ठ भैरव र एक प्रस्तर भैरव पनि उल्लेखनीय छन् । भैरव र नेपाल उपत्यकाका एक अर्काका पर्याय जस्ता लाग्दछ । नेपाल तन्त्र शास्त्रको अग्रणी भएकोले पनि यहाँ भैरवको प्रधानता रहेको हो । यस किसिमबाट विचार गर्दा भैरव उपत्यकाबासीको कुटुम्ब हो र यिनैको प्रेरणाले यहाँका बासी श्रम गर्दछन् र आफ्नो जीवनलाई उपयोगी बनाउँछन्।
रूपमण्डनमा भीषण देउताहरूको प्रतिमा स्थापना गर्ने नियम तोकिएको छ । भैरव नेपालको तान्त्रिक देउता भएको हुनाले भैरवमतको पनियहाँ ठूलो जगजगी थियो । तन्त्रमा स्वतन्त्रता हुन्छ, जहाँ स्पर्धा र शोषणको स्वतन्त्रता धेरै हुने गर्दछ सहयोगीता र सामाजिकता त्यहाँ रहँदैन । ठूलो तान्त्रिक को ?भन्ने स्वार्थले आपसमा द्वन्द्व गराएर  र एक अर्कालाई क्षति पुर्यायो  । यसले गर्दा समष्टि रूपमा तन्त्र समाजलाई सामान्य जनबाट पृथक गरायो ।
चौधौं शताब्दीका राजा स्थिति मल्लले इीवी १३९५ मा पाटन कुम्भेश्वरमा कीर्तिमुख भैरव स्थापना गरेका थिए । राजा यज्ञ मल्लको पालामाने.सं. ५८१ मा नारायण भट्ट नामक एक विद्वानले श्री पशुपतिनाथको दक्षिणतर्फ श्री भैरवको स्थापना गरी सुवर्णको तीन गजुर चढाए भनी पशुपतिको दक्षिण ढोकामा रहेको एक अभिलेखमा उल्लेख गरिएको छ ।
भैरव मूर्ति एउटा यस्तो प्रकारको शैव उग्र शिवको संहार मूर्ति हो, जसको कुनै एउटा निश्चित कथा छैन ।
शिवको सोम सिद्धान्त सम्प्रदायको प्रभावले गर्दा शिवको संहार मूर्ति भएपनि भैरव मूर्तिमा चन्द्रमा अनिवार्य रूपले बनाइन्छ । उपत्यकाका भैरव मूर्तिहरूका शिरमा चन्द्रमा बनाएका छन् जुन सोम सिद्धान्त सम्प्रदायको प्रभावको सङ्केत हो । अन्तरिम कालमा विकसित भएको भैरवले सधैं दिक्पाल, रक्षक र क्षेत्रपालको रूपमा नै बढी महत्त्व पाएको हुनाले भैरवको बेग्लै मन्दिर बन्नुभन्दा धेरैजसो शिवमन्दिर र मातृका गणहरूको प्राङ्गणभित्र नै भैरव स्थापना गर्ने चलन बढ्न थाले ।
पाटनको गुइताटोलको विहारमावि.सं. १५७२ माराजा रत्नमल्लले स्थापना गरेको महाकाल भैरवको मूर्ति निकै राम्रो मानिन्छ । स्वयम्भू परिसरमा पटभैरव, आकाश भैरव, पाताल भैरव, वायु भैरव, शून्य भैरव र असिताङ्ग भैरव स्थापना गरिएको छ ।
भक्तपुरको दरवार क्षेत्रमा रहेको आकर्षण भनेकै भैरव हो भन्न सकिन्छ । वि.सं. १६८३ मा भक्तपुरका राजा त्रैलोक्य मोहनले महाकाल भैरवको भव्यमूर्ति स्थापना गराएका थिए । काठमाडौं उपत्यकामा मल्लकालको भैरवका थुप्रै मूर्ति छन् । तान्त्रिकहरूको दृष्टिमा शिव, रौद्र र विभत्स प्रतिविम्वित भएर मूर्तिकारको हातबाट निस्कँदा एक भयानक डरलाग्दो भैरवको रूपमा खडा भयो, जुन भैरव अत्यन्त लोकप्रिय भएर अनेक रूपमा खडा भएका छन् । यस प्रकार शिव विशुद्धवादको प्रवाहमा बग्दा तिनले अनेकअलौकिक रूप धारण गरे भनिन्छ ।
वैद्विक रुद्रको उग्र रूप विस्तारै सौम्य रूपमा परिणत हुँदै गएपनि पूर्ण रूपमालुप्तभने भएको थिएन । त्यसैले वेदोतरकालमा जब त्रिमुर्तिको कल्पनागरियो तथाशिवलाई पूर्णरूपमा संहारकारी बनाइयो उग्ररूपमाशिवलाई क्रुर, भयावह र महानाशकारी देउता मानिएको छ । दोलखाको भीमसेनलाई महादेव मानी रुद्री आदि गरिन्छ, साँढे, त्रिशूल चढाइन्छ भने साथसाथै भीम भैरवको रूपमाबली चढाई पूजा आजा पनि गरिन्छ । नुवाकोट दरबार नजिक रहेको नुवाकोट भैरवलाई ‘गण्डकी भैरव’ र ‘भैरवेश्वर महादेव’ को रूपमा पनि मान्दछन् ।
प्राप्त ताम्रपत्रहरूबाट यो प्रमाणित हुन्छ कि प्रताप मल्लको समयभन्दा धेरै अघिदेखि नै नुवाकोट भैरवले ख्याति प्राप्त गरिसकेको थियो । सोह्रौं शताव्दीका पाल्पाका सेन राजा मुकुन्दसेनले नेपाल उपत्यकामा हमला गरी मच्छिन्द्रनाथको मन्दिर प्राङ्गणबाट भैरवको मूर्ति झिकी पाल्पा लगि स्थापना गरेको हो भनी वंशावलीहरूमा लेखिएको छ । भैरव रूपमा शिवको पूजाआराधना गर्दा कापालिकले नरबलिदिने गरेको चर्चा एघारौं शताब्दीमा लेखिएको कृष्ण मिश्रको “प्रबोधचन्द्रोदय”मा छ । गढवालको लोकसाहित्यमा मत्स्येन्द्रनाथ, गोरखनाथ र कोल सम्प्रदायका देउतालाई भैरवको रूपमा लिइन्छ । त्यस्तै पञ्चमुखीशिवको दक्षिण मुख अघोर मूर्ति भैरवको रूप मानिन्छ र त्यहाँ विशेष पूजामाबलि चढाउने प्रथापनि छ ।
एउटै देउताको विविध वाहन भएको मुर्ति र चित्रहरू भैरवका मात्र प्राप्त छन् । संकारकारी देउता शिवको उग्र रूप नै भैरव हो । पाल्पा भैरवलाई पीठोको रोठ पनि चढाइन्छ । बलिदिई पूजाआजा पनि गरिन्छ ।
पाल्पा भैरवको मन्दिरको एउटा अनौठो प्रचलन के छ भने सहायक पूजारीको रूपमा काम गर्ने उपाध्याय ब्राह्मणहरूले बोका, कुखुरा, हास आदि बलिदिने काम गर्दछन् । बलिको शिर भाग भैरवको हुन्छ र बाँकी शरीरको भाग प्रसादको रूपमा सेवकले अथवा चढाउने भक्तले नै पाउँदछ ।
सम्भवतः किराँतकाल देखि चल्दै आएको भैरव पूजाको परम्परा नेपालमा अझै शिक्त रूपमाचल्दै आइरहेको छ । नेपालमा भएका भैरवहरू शास्त्र अनुसारको आष्ठ भैरवहरूमध्ये कुनकुन भैरवको परिवारमा पर्दछन् । त्यो अझै खोज र अनुसन्धानकै विषय बनिरहेको छ । विष्णु धर्मोत्तरमा भैरवको मूर्ति निर्माण गर्दा पालन गर्नुपर्ने नियम यस्तो बताइएको छ— भैरवको मूर्तिमा पेट पुट्ट बाहिर निस्केको, गोलो र पहेँलो आँखा, मुखबाट दाह्रा निस्किएको, नरमुण्डको मालालगाएको र सर्पको आभुषण लगाएको हुनुपर्दछ ।

तपाइँको प्रतिक्रिया ।