१४औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, विभिन्न विधामा पुरस्कार वितरण

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

१४औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न भएको छ । गत माघ २९ गतेबाट आयोजना गरिएको नाटकको प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा राना मगर र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा आयोजित समारोहका बिच सम्पन्न भएको हो ।

प्रतियोगितामा २८ वटा विभिन्न विधाका नाटकहरू रहेका थिए । जसमा एन्टोन चेकोभ सर्वश्रेष्ठ नाटकको विजेता छोरिको मुन्ठामा फूली नाटक रहेको थियो । जसले सर्वाधिक पुरस्कार राशि सहित प्रमाणपत्र हात पारेका थिए भने उपविजेता नाटक हिउँको बाटो भएको थियो । फेयर प्ले अवार्ड नाटक इज्जतको कमाईले पाएको थियो भने, उदयीमान कलाकारहरूको रूपमा आध्या थापा, उत्कृष्ट अभिनेता, अभिनेत्रीका रूपमा क्रमशः सन्दीप मौनाली र समृद्धि पाण्डे रहेका थिए ।

नाटका प्रतिस्पर्धामा आएका नाटक मध्ये उत्कृष्ट निर्देशनको रूपमा सुमन कुईकेललाई सम्मान गरिएको थियो । कार्यक्रमकमा विशिष्ठ अतिथिका रूपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उपकुलपति लाल काजी लामा, साहित्यकार जङ्गम चौहान तथा अतिथिका रूपमा बाल साहित्यकार महेश पौडेल, ओजस थिएटरका कार्यकारी प्रमुख सागर कार्की, लगायतको उपस्थिति रहेको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले भनिन , ‘आफुसित रूप छ, धन दौलत छ, यौवन छ तर सुगन्ध नभएको पलासको सुवासविहिन फूल छ भने त्यो अर्थहीन हुन्छ । उनले कितावि पढाई भनेको पढाई मात्र होईन भन्दै विभिन्न विधामार्फत आफुलाई अब्बल दर्जाको बनाउन सकिने बताएकि थिइन्  ।’

प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राणा मगरले बालबालिकाका अधिकारहरूका कुराहरुको संरक्षणका लागि हरेक कुराहरुमा आफुले उठान गर्ने प्रतिवद्धता जनाएकी थिइन्  ।’

कमलपोखरीस्थित रुसी सदनमा सम्पन्न नाटकमा निर्णयकहरुको भूमिकामा नाटककारहरु कान्छी महर्जन, वरिष्ठ रंगकर्मीद्वय किशोर अनुराग र राम बहादुर रेग्मी रहेका थिए  ।

शैली थिएटरको अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षता तथा महोत्सव संयोजक सविन न्यौपानेको संयोजकत्वमा भएको महोत्सव समापन समारोहमा विशिष्ट अतिथि रसियन हाउसका निर्देशक एन्टोन मास्लभ रहेका थिए  ।

तपाइँको प्रतिक्रिया ।