म निरीह निहारिका: त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४।
मैले जन्मलिएर, सोध्दछु कहाँगल्तीभएको थियो ?
मेरो आँसु बग्यो सुक्यो, भनकहाँबाँकी रहेको थियो ?
बुझ्दै चित्तबुझेन, के नियतिमा यै लेखिएको थियो ?
आमाव्यर्थ रहेछ हो कि सपना? जो देखिएको थियो ।१।
गर्दैआहत जो लुट्यो सकलत्यो, मेरै उज्यालो थियो
सुन्ने छैन समाज केवलयहाँ मेरो गुनासो थियो
लागे बग्न स्वयं थलाप्रतिपला जो टेकिएको थियो
आलो घाउ छ भित्रभित्रननिको जो देखिएको थियो ।२।
रुन्छे यो बिचरी चुँडेर मुटु नै भन्छ्यौ कि भन्ने थियो
नारीको दिलको कुनातिर पसी, बुझ्छ्यौ कि भन्ने थियो
के हेर्ने पथन्यायकालहरमा जो मेटिएको थियो
चाहेँ पढ्न जलेर जीवन स्वयं जो देखिएको थियो ।३।
आगो भर्भर दन्किँदै सब जली, त्यैँ निभ्छु भन्ने थियो
चर्को भेल विपत्तिको सँगसँगै, त्यैँ लुक्छु भन्ने थियो
को देख्ने र छिया छिया मुटु त्यहाँ, जो छेकिएको थियो
आमा दारुण चित्र डुब्दछ कहाँ, जो देखिएको थियो ।४।
सोच्थेँ अन्तिममा म पुग्दछु जहाँन्यानो अँगालो थियो
सोझो मार्ग थिएनबाधकत्यहाँ ठूलै भँगालो थियो
आएँजल्न, जलेर शेष रहँदै जो फ्याकिएको थियो
रोक्दैछन् किनमार्ग यो, उचितझैँ जो देखिएको थियो ।५।
छैनन् ढुक्क निहारिका घर घरै, यै भन्नुपर्नेथियो
खोलीकान सुनाउँनै यति कुरा, यै बन्नुपर्ने थियो
आमाबोलन बोलभन्न, तरिका यै भेटिएको थियो
आँखाखोलन खोल हेर्न जननी, जो देखिएको थियो ।६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक