नेकपा एमालेले भोलि निर्वाचन परिचालन कमिटी घोषणा गर्ने : डा. राजन भट्टराईले विशेष संबोधन गर्ने
कपन अनलाइन
काठमाण्डौ ,माघ २३।
नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले माघ २४ गते निर्वाचन परिचालन कमिटी घोषणा गर्ने भएको छ।
शनिबार बिहान ७ : ३० बजे कार्की इभेन्टसमा कार्यक्रमको आयोजना गरिने नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कमिटीका अध्यक्ष शम्भुशरण पौडेलले जानकारी दिएका छन्।
काठमाडौं क्षेत्र नं ४ मा धेरै मतदाता रहेको वडा नं १० मा नेकपा एमाले उम्मेदवार डा. राजन भट्टराइले विशेष सम्बोधन गर्ने उक्त कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
तपाइँको प्रतिक्रिया ।
