नेकपा एस काठमाण्डौ क्षेत्र नं ४ मा पहिरो, प्रभावशाली नेता सहित दर्जनौ नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ४।

नेकपा एकीकृत सामाजवादी काठमाण्डौ क्षेत्र नं ४ मा पहिरो गएको छ।

काठमाण्डौ क्षेत्र नं ४ अन्तर्गत रहेको काठमाण्डौ महानगरपालिका वडा नं ७ को स्विट ब्यान्केटमा आयोजना गरिएको पार्टी प्रवेस तथा प्रशिक्षण कार्यक्रममा नेकपा एसका जिल्ला सदस्य,क्षेत्रीय पदाधिकारी सहितदर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेस गरेका छन।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पुर्व जनप्रतिनिधि , क्षेत्रीय उपसचिव ,वडा नं ७ कमिटीका अध्यक्ष र सचिव सहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितीका सदस्य नेकपा एमालेमा प्रवेस गरेका थिए।

नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल .पोलिटब्युरो सदस्य कृष्ण राई ,केन्द्रीय सदस्य धर्मदत्त देवकोटा,  जिल्ला कमिटी अध्यक्ष दीपक निरौला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा एमाले प्रवेस गरेकाहरुलाई स्वागत गरिएको थियो।

को को प्रवेस गरे ?  

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई , बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइँकेल,जिल्ला कमिटी उपसचिव तेज प्रसाद ढकालको उपस्थितिमा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सदस्य फणिन्द्र कुमार सैंजु नेकपा एमालेमा प्रवेस गरेका छन। साविक महाँकाल गाविसमा दलीय प्रतिनिधिका रुपमा योगदान पुर्याएका सैंजु बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का पुराना नेता हुन्।

त्यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ७ को सदस्यमा विजयी बनेकी नेकपा एस काठमाण्डौ जिल्ला कमिटी सदस्य निर्मला पुडासैनी पनि नेकपा एमालेमा फर्किएकी छन।

नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य तथा अनेम संघका विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएकी पुडासैनी क्षेत्रमा प्रभावशाली महिला नेतृका रुपमा परिचित छन।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एसका क्षेत्र नं ४ का उपसचिव सन्तोष तिमल्सिना,क्षेत्रीय सदस्य चित्र कुमार अधिकारी सहित मैजु बहाल ,कुमारी गाल र गौरी नगर टोल कमिटीका पदाधिकारी तथा सदस्यहरु नेकपा एमालेमा प्रवेस गरेका थिए।

त्यस्तै नेकपा एकीकृत सामाजवादी काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष आशिष श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका छन। नेकपा एमालेका पुर्व वडा सचिव समेत रहिसकेका श्रेष्ठ वडाका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका छन।

वडा नं ७ का युवाहरु माझ लोकप्रिय श्रेष्ठले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा नं ७ को सदस्य पदमा नेकपा एसका उम्मेदवारहरुमा लोकप्रिय ११०० मत प्राप्त गरेका थिए।

त्यस्तै सो कार्यक्रममा नेकपा एसका वडा नं ७ कमिटी सचिव मुकुन्द अधिकारी पनि नेकपा एमालेमा प्रवेस गरेका छन। लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेका अधिकारी वडा नं ७ का विभिन्न संघ संस्थामा आवद्ध रहेका छन।

प्रवेस गर्नेहरुको सुची :

 

 

 

 

तपाइँको प्रतिक्रिया ।