काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ (२) मा मेरो दावी छ : जगत प्रसाद निरौला
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १।
सरकारले मंगसिर ४ गते प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचन मिति घोषणा गर संगै काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा पनि उम्मेद्वारी दावी गर्ने नेकपा एमालेका नेताहरु थपिदै गएका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्की नेकपा एसमा गए संगै खालि भएको यस प्रदेस सभा सदस्य पदमा दावी गर्ने नेताहरुको लाइनमा युवा नेता जगत प्रसाद निरौला पनि थपिएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका अध्यक्ष समेत रहेका उनले आफ्नो सामाजिक संजालमा लामो लेख लेख्दै आफ्नो उम्मेद्वारीमा दावी हुने बताएका छन।
युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या रहेको भन्दै उनले काठमाण्डौ क्षेत्र नं ४ मा युवा नेतृत्वको बहस सुरु हुनुपर्ने समेत माग गरेका छन।
हरेक पटक अवसर आउँदा पुरानै पुस्ता अगाडी सर्ने र भागबण्डा गरेर लाभ लिने र अफ्ट्यारो परिस्थितिमा भने युवा नेतृत्व र भूमिका भन्दै गफ हाक्ने प्रवृतिको अन्त्यका लागि भन्दै उम्मेद्वारी दावी गरेका निरौलाको यो कदमले काठमाण्डौ क्षेत्र नं ४ मा जबर्जस्त बहस सुरु गर्ने आंकलन गर्न थालिएको छ।
के भन्छन जगत प्रसाद निरौला ?
लोकतन्त्र आएको दशक बढी भइसक्दा पनि मुलुकको बागडोर अझै पनि मुट्ठीभर राजनीतिका तीनपुस्ते ठेकेदारहरूको हातमा छ । जो संख्यात्मक हिसाबले थोरै छन् तर उनीहरूको नै वर्षौँदेखि राज्यसत्ता तथा शासनसत्तामा हालीमुहाली रहँदै आएको छ।
जनसङ्ख्याको हिसाबले बहुसंख्यक युवा भने तिनीहरूले नै लादेको अन्यायपूर्ण, विभेद र उत्पीडनकारी व्यवस्था भोग्न विवश छन्। यो वा त्यो पार्टी फुटाएर वा एकीकरण गरेरनै किन नहोस् घुमिफिरी त्यही मुट्ठीभर अभिजात वर्ग फेरिएको भनिएका व्यवस्थाका पनि शासक (मालिक) बनेका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को कुरा गरौँ युवा भनिएका गगन थापा, कुसुमकुमार कार्की,पदमा पुगेर पनि परम्परागत राजनीतिक प्रणालीमै बगे । उनीहरूले आफुभन्दा पछिलो पुस्तालाइ नेत्रित्वो दिएका छैन् दिनै चाहदैनन् । त्यसैले अहिले फेरि युवा राजनीतिबारे बहस सुरु भएको छ।
युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या छ । अहिलेका पार्टी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउन बढी रुचि राख्छ । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ यो नेकपा एमाले बुढानीलकण्ठमा पनि ब्याप्त रोग हो ।
युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोत–साधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा कुनैपनि राजनीति दलमा आकर्षित छैनन् । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा कहाँ अटाउँछ ? युवालाई युवा संगठन अनि विद्यार्थी संगठनको नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने परिपाटीले पनि युवामा राजनीतिक मोह घट्दै छ ।
हामी लोकतन्त्रमा छौँ, तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन । जसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै छ । अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ । युवाको ऊर्जाले साहस गर्छ, बुढ्यौलीको अनुभवले सम्झौता । अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने ? त्यसैले संसिर ४ गते हुने चुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४( ख) मा नेकपा एमाले को तर्फबाट मेरो नेतृत्व दावी छ ।
मैले प्रयोग गरेको “म” ले अलि अह्म्म्ता झल्कियो भनेर तपाइँहरुले सोच्नु भएको छ भने यसो गरौ म नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को पार्टी अध्यक्ष छु निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा पर्ने सबै वडा कमिटिका अध्यक्षहरुले आगामी निर्वाचनमा नेतृत्व दावी गरौँ ।म आफुलाई उक्क्त पदकालागि युवा फ्रेन्डली र सक्षम छु भन्ने लागेको छ । तपाइँहरु सबै वडा कमिटिका अध्यक्षहरु आगामी निर्वाचनबाट नेतृत्व स्थापित गर्न योग्य हुनु हुन्छ ।
सकेमलाइ सहयोग गर्नुहोस हैन भने मैदानमा आउनु होला मेरो पूर्ण समर्थन हुने छ ।
नेतृत्व भनेकै आफूपछिको नेता जन्माउनु हो । अबका युवाले विकास लाइनको अन्तिममा रहेका व्यक्तिहरूका लागि पनि हो भन्ने बुझ्न जरुरी छ । युवा नेताको काम समस्या पहिचान गर्ने वा समाधान दिने मात्र होइन, समाधान गर्न अरूलाई सहभागी गराउने पनि हो । त्यसैले अब सुसंस्कृत राजनीति, समृद्ध नेपाल र सुखी नेपालका निम्ति सक्षम युवा राजनीतिको मैदानमा उत्रनुको विकल्प छैन ।
जगत प्रसाद निरौला
तपाइँको प्रतिक्रिया ।