शिखर छहारी सांस्कृतिक कला केन्द्रले चौथो उपत्यकाब्यापी समूहगत तीज नृत्य प्रतियोगिता गर्दै
कपन अनलाइन
काठमाडौँ, भाद्र १ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा रहेको शिखर छहारी सांस्कृतिक कला केन्द्रले चौथो उपत्यकाब्यापी विवाहित महिलाहरुको समूहगत तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा शिखर छहारी सांस्कृतिक कला केन्द्रले बिगतका वर्षहरुमा जही यस वर्ष पनि “जो बढी नाच्छ उ बढी बाँच्छ भन्ने नाराको साथमा भाद्र ३ गते शुक्रबार हिम्स कलेज नारायणटारमा बिहान ११ बजे देखि प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको छ।
मौलिक संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महिलाहरुको महान पर्व तीजको अवसरमा शिखर छहारी सांस्कृतिक कला केन्द्रले चौथो उपत्यकाब्यापी विवाहित महिलाहरुको समूहगत तीज नृत्य प्रतियोगिता गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन समेत आयोजकले सबैलाई अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।