सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा नगरपालिका बिच समझदारी

सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा नगरपालिका बिच समझदारी

कपन अनलाइन

काठमाडौँ, भाद्र १ । सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा नगरपालिका  बिच समझदारी पत्र हस्ताक्षर भएको छ ।मंगलबार एक कार्यक्रमका बीच  कागेश्वोरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की र रातो बङ्गला स्कुलकी निर्देशक डा. शान्ता दीक्षितले  सार्थक बाल सिकाइ कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । समझदारी  अनुसार  रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा नगरपालिकामा प्रारम्भिक बालविकासको क्षेत्रमा विशेष प्राथमिकता सहितका योजना तथा कार्यक्रम र  तालिमहरु संचालन गरि घरमा र विद्यालयमा बालबालिकाको समग्र विकासका अभ्यासहरू बढाउनका लागि उपयुक्त वातावरणको निर्माणमा  सहयोग पुर्याउने बिश्वास लिइएको छ ।

सार्थक बाल सिकाइ कार्यक्रम यस्तो प्रयास हो जसमा कागेशवरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा रहेका प्रारम्भिक उमेरका बालबालिकाहरुसँग प्रत्यक्ष जोडिने शिक्षक, अभिभावक अनि समाजमा सहजीकरण गर्ने नेत्तृत्वहरूलाई तालिम प्रदान गरिनुको  साथै कक्षा कोठा र बालबालिकाहरू संलग्न रहने वातावरणलाई बाल मैत्री बनाइने नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी गराएका छन   ।

यस कार्यक्रमले तालिममा सहभागी भएकाहरूलाई खेलमा प्रत्यक्ष संलग्न गराउँछ ताकि उनीहरूले खेलको महत्व र आवश्यकता बुझी आफ्ना बालबालिकाहरूलाई प्रत्येक दिन बिभिन्न किसिमका खेलहरू मार्फत सिक्ने वातावरण बनाउन सक्ने उनि बताउछन  । सैद्धान्तिक शिक्षामा मात्र भर पर्ने बानीलाई परिमार्जन गर्न कठिन हुन्छ भन्ने कुरालाई बुझेर यस कार्यक्रममा फिल्ड अफिसरले नियमित रुपमा विद्यालय भ्रमण गरी शिक्षकहरूलाई आवश्यक सहयोग र सुझाव दिने व्यवस्था गरिएको बताए  ।बालबलिकाहरूको सर्वाङ्गीण विकासमा खेल विधिले निकै ठुलो महत्व राख्दछ भन्ने कुरालाई मध्य नजर राखी यस कार्यक्रमले आफ्ना तालिमहरूमा सहभागीहरूलाई प्रत्यक्ष खेलहरूमा संलग्न गराई बालबालिकाहरूको सार्थक सिकाइलाई टेवा पुयाउनेछ र कक्षाकोठाको सहि व्यवस्थापनमा पनि सहयोग गर्ने बिश्वासका साथ् उक्त कार्यक्रम नगरपालिकामा लागु गर्न लागिएको उनले बताए।

तपाइँको प्रतिक्रिया ।