मतदाता नामावलीमा नाम दर्ता गराउन बुढानिलकण्ठ नगर प्रमुख उद्दब खरेलको अनुरोध

कपन अनलाइन

काठमाडौं पौष १४।  बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेका छन । बुढानिलकण्ठ नगरपालिकामा२०७८ साल पौष ४ गते देखि २०७८ साल पौष १८ गते सम्म  बुढानिलकण्ठ नगर कार्यपालिकाको कार्यलयमा फोटो सहितको मतदाता नामावली संकलन भईरहेको हुँदा  नगरपालिका भित्र स्थायी ठेगाना भइ यस पूर्व मतदाता नामावलीमा नाम समाबेश नभएका मतदाता बन्न योग्य नागरिकहरुले सक्कल नागरिकता र सोको फोटोकपी, बसाइ सारै भइ आएको हकमा बसाई सराइ सक्कल प्रमाण पत्र र सोको फोटोकपी र विवाहिता महिलाको हकमा बिवाह दर्ताको सक्कल प्रमाण पत्र र सोको फोटो कपि सहित  स्थायी ठेगाना भएका नगरबासीहरुले स्वयं उपस्थित भई आफ्नो मतदाता नामावलीमा नाम दर्ता गराउन  अपिल  गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।