मतदाता नामावलीमा नाम दर्ता गराउन नगर प्रमुख सन्तोष चालिसेको अनुरोध
कपन अनलाइन
काठमाडौं, पौष १४ ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेका छन। गोकर्णेश्वर नगरपालिकामा २०७८ साल पौष ४ गते देखि २०७८ साल पौष १८ गते सम्म गोकर्णेश्वर नगर कार्यपालिकाको कार्यलयमा फोटो सहितको मतदाता नामावली संकलन भईरहेको हुँदा गोकर्णेश्वर नगरपालिका भित्र स्थायी ठेगाना भइ यस पूर्व मतदाता नामावलीमा नाम समाबेश नभएका मतदाता बन्न योग्य नागरिकहरुले सक्कल नागरिकता र सोको फोटोकपी, बसाइ सारै भइ आएको हकमा बसाई सराइ सक्कल प्रमाण पत्र र सोको फोटोकपी र विवाहिता महिलाको हकमा बिवाह दर्ताको सक्कल प्रमाण पत्र र सोको फोटो कपि सहित स्थायी ठेगाना भएका नगरबासीहरुले स्वयं उपस्थित भई आफ्नो मतदाता नामावलीमा नाम दर्ता गराउन कपन अनलाइन मार्फत अनुरोध गरेका हुन् ।
नगरपालिकामा वडा नं १ मा २०७८ साल पौष ४ गते
वडा नं २ मा २०७८ साल पौष ५ गते
वडा नं ३ मा २०७८ साल पौष ६ गते
वडा नं ४ मा २०७८ साल पौष ७ गते
वडा नं ५ मा २०७८ साल पौष ८ र ९ गते
वडा नं ६ मा २०७८ साल पौष १० र ११ गते
वडा नं ७ मा २०७८ साल पौष १२ र १३ गते
वडा नं ८ मा २०७८ साल पौष १४ र १५ गते
वडा नं ९ मा २०७८ साल पौष १६ र १७ गते त्यसै गरि २०७८ साल पौष १८ गते छुटेका सबै वडाको लागि संचालन हुने पनि उनले जानकारी गराएका छन ।