प्रार्थना : ईविथ बहार (ईण्डोनेशिया)
कपन अनलाइन
काठमाण्डौ ,असोज १६।
सबैभन्दा कम समयमा
सबैभन्दा कठिन यात्रामा
थकित लडाईमा
केवल प्रार्थना, एक घाउ शान्त गर्न एक मलम छ
पवित्र पखेटा संग
आत्मा बिस्तारै उड्छ
प्रार्थना गर्दै
पवित्र रोशनी खोज्न
मेरो मौन प्रार्थना
खाली छैन तर सबभन्दा बलियो आशाले भरिएको छ
सेतो ईमानदारी
बिना शर्त आत्मसमर्पण गर्न
आत्मामा एक ज्योति, बोझ हलुका
र धेरै आँखा अगाडि
फराकिलो सेतो क्षेत्र भरिन्छ फैलिन्छ
हामी स्वतन्त्र रूपमा चलाउँछौं, कृतज्ञतापूर्व
एउटा बाटो निकाल्दै ।
(अनुवाद : कमल ढुङ्गाना ।)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।