बाल गजल : गंगा लिगल

बाल गजल : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

बालक एउटा मुल मान्छेको रुप हो
सानो बच्चा भए पनि इतिहासको हुप हो ।

अबोध बालक नै संसारको खुशी हो
बालक सन्सारको इतिहासको भुप हो ।

यो समय हुन सक्छ उथल पुथल
त्यसको सामना गर्नै बसेको चुप हो ।

उन्नतिको चरम सीमा यस भित्र छ
आदर्श ब्यक्तित्वको यही नै त खुब हो ।

समुद्र अमुल्य बस्तु भण्डार खानी हो
बालक विशाल सिन्धुको प्रति रुप हो ।

यी सम्पुर्ण मूल बालकमा निहीत छ
उ भविष्यको एक होनहार स्तूप हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।