शंखरापुर नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
कपन अनलाइन
काठमाडौं,असोज १६। ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देश भर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
शंखरापुर नगरपालिकाले पनि आफ्नो नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाईं न्यानो कपडा वितरण गरि ज्येष्ठ नागरिकहरु प्रति सम्मान ब्यक्त गर्दै ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । साँखुको समरा पार्टी प्यालेसमा सबै उमेर समूहको लागि विद्युतीय प्रबिधिको प्रयोगमा समानता भन्ने मूल नाराको साथमा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण सहित ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको हो।
ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन हुने बताउदै नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाइ प्राथमिकतामा राखी लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताएका थिए र आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताएका थिए ।कार्यक्रममा उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।