चिराग : छायाँदत्त न्यौपाने (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २६।
पाइला हिँडिरहेर के भो खै
उकालो नचढे पछि
यात्रा जारी राखेर के भो खै
आँखाले गन्तव्य नदेखे पछि
बिँड समातिरहेर के भो खै
खेतका गरा बाँझै रहे पछि
आत्मनिर्भर को होला खै
हातमा ठेला नउठे पछि
श्रमले मूल्य के पाउला खै
पसिनासँग परिचय नभए पछि
समानताको नाराले के ग¥यो खै
भेदभाव जारी रहे पछि
नारीपुरुुष बराबर कसरी भए खै
पुरुषको अगुवाइ चलिरहे पछि
पुुरुष प्रधान कसरी भए खै
नारीले हैकम जमाइरहे पछि
सबैले सहज जीवन बाँच्ने
समान अवसर के जुट्ला र खै
बिडम्बनाले व्यवहार गरिरहे पछि
भोक रोग अशिक्षाले बाटो छोड्ला र खै
बोली र व्यवहार फरक फरक भए पछि
प्रत्येक आँगनमा उज्यालो पुग्ला र खै
पालामा वर्तन सकिए पछि
घरको छानु कसले छाउला र खै
सिप र जाँगर खेताला गए पछि
बिगुलको धुन कसले सुन्छ र खै
कानमा तेल भरिरहे पछि
तर नि हजुर स्वाभिमानले शिर
उचालेका सन्ततिलाई दिन
आमाको हात चिराग बाल्दै छ यहाँ
अबिलम्ब आँखा खुल्दै छन् यहाँ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक