अनिकाल : दिवाकर आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २६।
गरिबको त्यो झूपडीभित्र पस्दछ अनिकाल दाउ गरेर ।
कष्ट दिलाइ बिचरालाई आधारमा हण्डी भरेर ।
गर्छ प्रहार न त मानवमाथि बोल्दछ न त त्यो नानाभाँति ।
मर्का पार्दछ तर त्यो अति नै विचराहरुले सहन न सक्ने ।
पस्दछ अनिकाल जव घरभित्र मानव बन्छन् चित्र विचित्र ।
लोचन हुन्छन् भित्र पसेका रिषका बन्छन् यिनीहरु चाखा ।
सारङ्गी झैं पेट बनाइ हिँड्छन् दाह्री मूछ उडाइ ।
उदर कराइ गर्दछ पीडा तर पनि च्याप्छन् ताम्बूल वीरा ।
परदेशीको पस्दछ बाढी अनेक कामको बहना पारी ।
दुई मानाको ओदन पात्र गुन्द्रुक सित नै पार्छन खाली ।
पुष्ट गराइ धोक्रे भूँडी लाग्छन बाटो कर दुई जोडी ।
विदा गराइ अतिथिलाई बस्छन शीरमा हात लगाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।