सुन्दरीजल जलबिध्युत केन्द्रलाई विध्युत संग्रहालय र वैज्ञानिक प्रयोगशाला बनाइने
सुन्दरीजल जल बिध्युत केन्द्रलाई संग्रहालय र वैज्ञानिक प्रयोगशाला बनाउनका लागि छलफलशुरु भएको छ। बागमती प्रदेस सरकारले फर्पिङ्गको चन्द्र ज्योति र सुन्दरीजल जल विध्युत केन्द्रलाई अनुसन्धान केन्द्र र संग्रहालय निर्माणका लागे बजेट व्यवस्थापन गरे संगै सो छलफल शुरु गरिएको हो।
आईतबार काठमाडौँको पूर्वोत्तरमा रहेको सुन्दरीजल स्थित नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय सुन्दरीजल जलविद्युत केन्द्रमा । बागमती प्रदेसका पूर्वमन्त्री रामेश्वर फुयाँलको नेतृत्वमा भएको छलफलले नेपालको दोस्रो पुरानो विद्युत उत्पादन केन्द्रलाई ऐतिहासिक महत्वको रुपमा रहेकोले संरक्षण र प्रर्वद्धन गर्नुपर्ने वारेमा छलफल गरिएको थियो।
सो छलफलले छलफलबाट सुन्दरीजल जल बिध्युत केन्द्रमा निर्माणाधिन संग्रहालयलाई निरन्तरता दिने, ड्याम साईड पोखरी बढाउने सम्बन्धमा अध्ययन गरिने, सुन्दरीजल परिसरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, शत वार्षिकी मनाईने र बागमति प्रदेश सरकारबाट विनियोजित रकमका लागि सरकारलाई धन्यवाद जस्ता निर्णयहरु गरेको थियो।
छलफलमा बोल्दै पूर्वमन्त्री फुयाँलले १ सय वर्ष सम्म निरन्तर चलिरहेको चन्द्रज्योती र सुन्दरीजल विद्युत उत्पादन केन्द्रलाई सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने बताउदै प्राविधिक तथा विषयगत विद्यार्थीहरुका लागि प्रयोगशाला तथा अध्ययन केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट रु. ५० लाख रुपैयाँ रकम विनियोजन भईसकेको जानकारी गराएका थिए।
त्यस्तै गोकर्णेश्वर नगरपालिका–१ का अध्यक्ष राम मानन्धरले विद्युत केन्द्रको संरक्षणका लागि स्थानीय तहले गर्नुपर्ने सहयोग रहने बताउँदै शिवपुरी राष्ट्रिय निकुञ्जाबाट स्थानीयहरुले सास्ती खेप्दै आएको गुनासो गरेका थिए।
उनले वडाको विकास निर्माणमा समेत निकुञ्जाबाट पटक/पटक अवरोध आउने गरेकोले त्यसको समाधानमा पनि सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
सुन्दरीजल जलविद्युत केन्द्रका कार्यालय प्रमुख टंकनाथ पौडेलले छलफलमा भएका निर्णयहरुलाई सम्बन्धित निकायहरु, जनप्रतिनिधि र स्थानीयहरुबीच थप छलफल र समन्वय गरि कार्यान्वयनका लागि विशेष जोड दिने बताएका थिए।
६४० किलोवाट क्षमता सहित वि.सं. १९९१ सालमा स्थापना भएको सुन्दरीजल जलबिध्युत केन्द्रलाई अहिले एशियाली विकास बैंक, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानीमा सुदृढीकरण गरेर ९७० किलोवाटमा क्षमतामा वृद्धि गरिएको छ।