सान इन्टरनेसनल कलेजको ब्रान्ड एम्बेसेडरमा मेमोरी किंग विजय शाही

सान इन्टरनेसनल कलेजको ब्रान्ड एम्बेसेडरमा मेमोरी किंग विजय शाही

कपन अनलाइन

काठमाडौं ,साउन १४।

मेमोरी किंग विजय शाही  सान इन्टरनेसनल कलेजको ब्रान्ड एम्बेसेडर बनेका छन। 

गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम राख्न सफल मेमोरी किंगले परिचित तथा सान इन्टरनेसनल कलेजका भूतपूर्ब बिधार्थी विजय शाहीलाई सान इन्टरनेसनल कलेज तथा  ओम समाज डेन्टल हस्पिटलले सान कलेजमा  आयोजित ” समुदायमा सान ”  कार्यक्रममा ब्रान्ड एम्बेसेडर घोषणा गरिएको हो।  

सान कलेज तथा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा बरिस्ठ दन्त्य रोग बिसेसज्ञ डा.सुबास घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा  काठमाडौं महानगरपालिका वडा नं  २ का अध्यक्ष  राजेन्द्र श्रेष्ठ , बरिस्ट  बासुरी बादक प्रताप के.सीतराई बिकास संचार केन्दका अध्यक्ष तथा  पत्रकार गोबिन्द चौलागाई, वडा नं ५ का सदस्य उत्तम शर्मा ,लायन्स  क्लब इन्टरनेसनलका डिस्ट्रिक गभर्नर शम्भु घिमिरे लगायतको उपस्थिति रहेको थियो।  

उक्त कार्यक्रमका अध्यक्ष डा.सुबास घिमिरेले विजय शाहीको प्रतिभाको उच्च कदर गर्दै आगामी दिनमा सान कलेजमा उनको   क्षमता तथा प्रतिभाको उच्चतम प्रयोग गरि  नमुना कलेजका रुपमा प्रस्तुत गर्ने  योजना रहेको जानकारी दिएका थिए।   

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले  सान कलेजमा अध्यन गरेका बिधार्थीहरु देशको नीति निर्माण तह देखि लिएर अन्य बिभिन्न विधामा उत्कृस्ट रहेको बताउदै कलेजको  प्रगतिको कामना गरेका थिए भने वडा नं ५ कासदस्य उत्तम शर्माले यो कलेज बिजय शाही जस्ता प्रतिभा जन्माउने सान  कलेज वडाको पनि सान रहेको धारणा राखेका थिए। 

सो अवसरमा कोभिड -१९ प्रकोप नियन्त्रण तथा रोकथाममा सक्रिय रहेका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नं ५ का सदस्य उत्तम शर्मा सहित  बासुरी बादक प्रताप के.सी तथा  तराई बिकास संचार केन्दका अधक्ष्य तथा पत्रकार गोबिन्द चौलागाई लाई पनि सम्मान गरिएको थियो।  

 

 

 

तपाइँको प्रतिक्रिया ।