लायन्स क्लब द्वारा जगडोल झण्डा पार्क क्षेत्रमा वृक्षारोपण

लायन्स क्लब द्वारा जगडोल झण्डा पार्क क्षेत्रमा वृक्षारोपण

कपन अनलाइन

काठमाडौँ ,श्रावण १४ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कपनको आयोजना तथा ६ वटा लायन्स क्लब संगको सहकार्यमा बृहत बृक्षारोपण गरिएको   छ ।श्रावण १३ गते मंगलबार अर्थात् जुलाई २८ तारिखको दिन बिहान  जगडोल झण्डा पार्क क्षेत्रभित्र पहिरोको जोखिम रहेको क्षेत्रमा  बृक्षारोपण गरिनुको साथै बिगतमा रोपेका बिरुवाहरुलाई गोडमेल  समेत गरिएको थियो ।

हरियाली प्रवर्दन गर्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाडौं कपन सहित लायन्स क्लब अफ काठमाडौं  इन्फिनिटी ,लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी, लायन्स क्लब अफ काठमाडौं युनाइटेड ग्रुप, लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ गोल्फुटार, लायन्सक्लब अफ काठमाडौं जर्नी ,लायन्स क्लब अफ बौद्दले संयुक्त रुपमा उक्त क्षेत्रमा करिब १०२ वटा बिभिन्न प्रजातिका बिरुवा रोपिएको लायन्स क्लब अफ काठमाडौं कपनका प्रेसिडेन्ट लायन कुमार खड्काले जानकारी गराए ।

सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, डिस्ट्रिक्ट ३२५ ए१ का पुर्व गभर्नर एबम वर्तमान जि एस टि मल्टिपल कोअर्डिनेटर  लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ  क्याबिनेट ट्रेजरर लायन श्याम यादब,एरिया लिडर लायन अच्युत बिष्ट,  जोन चियरपर्सन लायन देवेन्द्र थापा ,

लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट एबम जोन चियरपर्सन लायन मधुसुधन सिग्देल, डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, जोन चियरपर्सन एबम लायन्स क्लब अफ काठमाडौं उत्तरबहिनिका प्रेसिडेन्ट लायन गङ्गालाल श्रेष्ठ,लायन्स क्लब अफ काठमाडौं युनाइटेडका लायन केशब प्रसाद दंगाल,लायन पुरुषोत्तम नेपाल लायन्स क्लब अफ काठमाडौं जर्नी कि प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज) सहितका पदाधिकारी लायन्स क्लब अफ काठमाडौं कपनका लायन बिनोद सापकोटा लगायत आयोजक संस्थाका पदाधिकारी सहित  लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।बिभिन्न लायन्स क्लबहरुले  डिस्ट्रिकको आवहान अनुसार वृक्षारोपण कार्यक्रमलाइ अगाडी बढाईरहेका छन् ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।