राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण विकासमा सेना संलग्न गराउने सरकारको नीति हो : उपप्रधानमन्त्री ईश्वर पोखरेल

राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण विकासमा सेना संलग्न गराउने सरकारको नीति हो : उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २७ ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण ठानिएको  विकास र निर्माणका काममा  निश्चित समयका लागि नेपाली सेनालाई संलग्न गराउने सरकारको नीति रहेको बताएका छन।

संघीय संसदको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उपप्रधानमन्त्री पोखरेलले  नेपाली सेनाको विकास निर्माण कार्यमा संलग्नतालाई सेनाको रुचि वा क्षेत्राधिकारको विस्तारको विषय नमानेर नेपाल सरकारले गरेको निर्णय विशेषको कार्यान्वयनका रूपमा मात्र बुझिदिनुहुन सांसदहरुलाई आग्रह गरेका थिए ।

विकास निर्माण कार्यमा नेपाली सेनाको संलग्नतालाई  निरपेक्ष रूपमा नहेरी मौजुदा संवैधानिक¸कानूनी प्रावधान र राष्ट्रिय आवश्यकता समेतका आधारमा विश्लेषण र विवेचना गर्नु उपयुक्त हुने कुरा  सदनमार्फत सबैमा ध्यानाकर्षण गराएको बताउदै उपप्रधानमन्त्री पोखरेलले शान्तिकालीन अवस्थामा सेनालाई राज्यले आवश्यक ठानेको अन्य क्षेत्रमा उपयोग गर्नसक्ने नीति अनुसार नै सेनालाई विपद् व्यवस्थापन र महत्त्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा संलग्न गराएको सदनलाई जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले  नेपाली सेनाको सडक निर्माणमा संलग्नता करिब ६ दशक लामो रहेको भन्दै  वि.सं. २०१६ सालमा पहिलो पटक नेपाली सेनाले कान्ति राजपथ निर्माण सम्पन्न उल्लेख गरेका छन ।

हालसम्म १,१८२ कि.मि. सडक निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको सदन लाई जानकारी दिदै उपप्रधानमन्त्री पोखरेलले  नेपाली सेनाकै व्यवस्थापनमा सञ्चालित जाजरकोट-डोल्पा दुनै सडकको निर्माण कार्य गत आ.व.मा सम्पन्न भई डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।