नेपालमा ३२३ सङ्क्रमित थपिए, कुल सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो

नेपालमा ३२३ सङ्क्रमित थपिए, कुल सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप एक जनाको मृत्युको पुष्टि गरेको छ।यस सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन्।

मङ्गलवार थपिएका सङ्क्रमितहरूमध्ये ३१ जना महिला रहेका छन्।हालसम्म नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या १५ र निको हुनेको सङ्ख्या ५८४ छ।

तपाइँको प्रतिक्रिया ।